नेपाली महिला टाेली खाे–खाे विश्वकपकाे फाइनलमा भारतसँग पराजित
माघ ६, २०८१ आइतबार
जुम्ला - जुम्ला प्रदेशसभा (ख) का सांसद पदमबहादुर रोकायाले आफ्नो निर्वाचन क्षेत्रका विकास निर्माणका गतिविधि र विकास योजनाका विषयमा पत्रकार सम्मेलन मार्फत जानकारी गराउनुभएको छ ।
नेपाल पत्रकार महासंघ-जुम्लाको आयोजनामा जुम्लामा गरिएको पत्रकार सम्मेलनमा सांसद रोकायाले कर्णाली प्रदेशबाट आफ्नो क्षेत्रमा विनियोजन गरिएको बजेट र भइरहेका विकास निर्माणका कामका बारेमा जानकारी दिनुभएको हो ।
सांसद रोकायाले प्रथामिकतामा नाग्म गमगडी (सिञ्जा) राजमार्गका लागि प्रदेश सरकारले ३० करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिनुभयो । उहाँले सिञ्जा खस संग्राहलय, पाण्डवगुफा, केदारनाथ मन्दिर प्रदेश निर्वाचन क्षेत्र (ख)अन्तरगत पर्ने चार गाउँपालिका सिञ्जा, कनकासुनदरी, हिमा र तिलाका प्रदेश सरकारको राताे किताबमा परेका ८५ वटा योजना सार्वजनिक गर्नुभएको हो ।
उहाँले नेपाली खस सभ्यताको उद्गमस्थल सिञ्जामा खस सम्मेलन समेत हुने जानकारी दिनुभयो । सांसद रोकायाले सडक, पर्यटन, कृषि, सिँचाइ, तटबन्ध, विद्यालय, हेलिप्याड निर्माण लगायतका योजना र भइरहेका कामहरुबारे जानकारी दिनुभयो ।
प्रदेश सांसद रोकायाले सिञ्जा आर्थिक क्षेत्र समेत अगाडि बढाइने बताउनुभयो । पत्रकारहरुले भइरहेका योजनाहरु यथाशीघ्र कार्यान्वयन हुनुपर्ने सुझाव दिएका छन् । सांसद रोकायाले खस सभ्यता संरक्षणसँगै आधुनिक विकासमा जोड दिने बताउनुभयो ।
यसैगरी नेपालपत्रकार महासंघका अध्यक्ष बमबहादुर महतले जिल्लाको सञ्चार क्षेत्रमा ध्यान दिनजोड दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।