भारतीय स्थल सेनाध्यक्ष नेपाल भ्रमण सकेर स्वदेश फिर्ता
मंसिर ९, २०८१ आइतबार
धादिङ - धादिङको सलाङघाटबाट बिहान त्रिशूली नदीमा बस खस्दा हराइरहेकाको खोजी भइरहेको छ । सर्लाहीबाट ४० जना यात्रु, चालक र सहचालक गरी ४२ जना लिएर हिँडेको बसमा बीचमा पनि यात्रु थपिएको घाइतेहरुले बताएका छन् ।
दुर्घटनामा घाइते समिनराजा अन्सारीले बसमा चालकसहित ५० जना जति यात्रु रहेको जानकारी दिनुभयो । घटनास्थलमा सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले हराइरहेकाको खोजी गरिरहेका छन् ।
दुर्घटनामा ज्यान गुमाएका दुईजनाको परिचय खुलेको छ । सर्लाहीको मलंगवाबाट काठमाण्डौका लागि छुटेको ना ६ ख ७४६९ नम्बरको बस त्रिशूलीमा खस्दा ज्यान गुमाएका सर्लाहीका ३५ वर्षका अजय दास र २५ वर्षका विजय कुर्मीको परिचय खुलेको र एक पुरुषको भने परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
अहिलेसम्म १६ जनाको उद्धार गरी ९ जनालाई थप उपचारका लागि काठमाण्डौ पठाएको र सात जनाको गजुरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।