फोर्ब्सकाे घोषणा : एलन मस्क मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति

 मंसिर ९, २०८१ आइतबार ११:२६:६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकी खर्बपति एलन मस्क मानव इतिहासकै धनी व्यक्ति बनेका छन् । पुनः विश्वकै धनी व्यक्ति बनेका मस्कको सम्पत्ति मानव इतिहासमा अहिलेसम्मकै कुनै पनि व्यक्तिको सम्पत्ति भन्दा बढी रहेको फोर्ब्सले उल्लेख गरेको छ ।

टेस्ला, स्पेस एक्स, एक्स एआई लगायतका कम्पनीका मालिक रहेका मस्कको सम्पत्ति तीन सय ३४ दशमलव तीन बिलियन अमेरिकी डलर पुगेको छ । यो रकम नेपाली रुपैयाँमा दुई सय ८२ खर्ब भन्दा धेरै हुन्छ ।

अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि विजयी भएसँगै एलन मस्कका कम्पनीहरुको शेयर मूल्यमा उल्लेख्य वृद्धि भएको छ । मस्क ट्रम्पलाई जिताउन रकम सहयोगसहित प्रचारपसारमा खटिनुभएको थियो । ट्रम्पले चुनाव जितेपछिको दुई हप्तामा १७ दिनमै मस्कको सम्पत्ति ७० अर्ब डलरले बढेको फोर्ब्सले जनाएको छ ।

मस्कको सम्पत्ति अहिले दोस्रो स्थानमा रहेका ओरेकल कम्पनीका अध्यक्ष ल्यारी इलिसनकोभन्दा ८० अर्ब डलरले धेरै छ । मस्क इतिहासकै धेरै धनी व्यक्ति बने पनि सन् २०२४ मा धेरै कमाउने व्यक्तिको सूचीमा भने एनभिडियाका सीईओ जेन्सेन हुआङ रहेका फोव्र्सले जनाएको छ ।    

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया