कर्णाली याक्समा अनुबन्ध भएका हङकङका बाबर र वेस्ट इन्डिजका वाल्ट...
मंसिर १२, २०८१ बुधबार
भारतीय क्रिकेट टिमका खेलाडी सुरेश रैना कम्तीमा ६ हप्ता मैदान बाहिर हुने भएका छन् ।
पछिल्लो समय राष्ट्रिय टिममा खासै नदेखिएका रैनाको खुट्टाको शल्यक्रिया भएको छ । जसका कारण उनले कम्तीमा ६ हप्ता आराम गर्नुपर्ने हुन्छ ।
रैनाको नेदरल्याण्ड्सको राजधानी एम्सटरड्याममा घुँडाको शल्यक्रिया गरिएको हो । गएको सिजनदेखि घुँडाको चोटबाट गुज्रिरहेका रैनाले शल्यक्रियापछि अर्को महिनाबाट सुरु हुने भारतीय घरेलु प्रतियोगिता गुमाउने भएका छन् ।
शल्यक्रियापछि रैनाले फिजियोथेरापी पनि गर्नुपर्नेछ । जसका कारण उनी मैदानमा फर्कन समय लाग्ने बताइएको छ ।
रैनाले भारतीय क्रिकेट टिमका लागि १८ टेस्ट, दुई सय २६ एकदिवसीय र ७८ ओटा टी–२० खेल खेलका छन् । उनले अन्तिम पटक राष्ट्रिय टिमबाट सन् २०१८ को जुलाईमा इंग्ल्याण्डविरुद्ध भएको एकदिवसीय खेल खेलेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।