एनपीएलको उद्घाटन खेलमा विराटनगरलाई हराउँदै जनकपुरको विजयी ...
मंसिर १५, २०८१ शनिबार
इग्लिस प्रिमियर लिगमा साविक विजेता म्यान्चेस्टर सिटी ५-० गोल अन्तरले विजयी भएको छ ।
यो सिजनको पहिलो खेल खेलेको सिटीले वेस्ट ह्यामलाई ५-० ले हराउँदा रहिम स्ट्रर्लिङले ह्याट्रिक गरे । खेलको पहिलो बीस मिनेट सिटीलाई बराबरीमा रोक्न सफल भएको वेस्ट ह्यामले पच्चिसौँ मिनेटमा गोल खान पुग्यो । सिटीका लागि गाब्रियल जिससले गोल गर्न सफल भए ।
पहिलो हाफमा एक गोलको अग्रता बनाएको सिटीले एकाउन्नौँ मिनेटमा दोस्रो गोल थप्यो । उसका लागि रहिम स्ट्रलिङले गोल गरे । ५३औँ मिनेटमा फेरि जिससले गोल गरे पनि भार प्रणालीको प्रयोगले रेफ्रीले गोल दिएनन् ।
त्यसपछि फेरि ५५औँ मिनेटमा रहिमले नै सिटीका लागि गोल गरे पनि भारको प्रयोगबाट अफसाइड दिइयो ।
तर ७५औँ मिनेटमा सिटीले तेस्रो गोल थप्यो । उसका लागि रहिमले नै गोल गरे । त्यसपछि ८४औँ मिनेटमा सिटीका सर्जियो अगुइरोलाई डिबक्समा लडाएपछि सिटीले फेरि भारको सहायताले पेनाल्टी पायो । जसलाई अगुइरोले नै ८६औँ मिनेटमा गोलमा परिणत गरे ।
त्यसपछि खेलको इन्ज्युरी समयको पहिलो मिनेटमा स्ट्रर्लिङले नै गोल गर्दै व्यक्तिगत ह्याट्रिक पूरा गरे भने टिमलाई ५-० को जित दिलाए ।
लिगको उपाधि अघिल्लो सिजन जितेर ह्याट्रिक गरेको सिटीले यो जितसँगै पहिलो ३ अंक जोडेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।