नेपाली महिला टाेली खाे–खाे विश्वकपकाे फाइनलमा भारतसँग पराजित
माघ ६, २०८१ आइतबार
काठमाण्डौ – प्रदेश प्रहरी प्रमुखमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) हुनेगरी प्रहरी समायोजन विधेयक पारित भएको छ ।
प्रतिनिधिसभाको आइतबारको बैठकले पारित गरेको विधेयकले यस्तो व्यवस्था गरेको हो । विधेयक पारित भएसँगै अब प्रदेशमा समायोजन भएर जाने प्रहरीको पनि दुई तह ग्रेड वृद्धि हुने भएको छ ।
'विधेयक पारित गरियोस्' भन्ने प्रस्ताव पेश गर्दै गृहमन्त्री रामबहादुर थापाले प्रहरीको मनोबल बढाउन प्रदेशमा जाने प्रहरीको ग्रेड वृद्धिकाे व्यवस्था गरिएको बताउनुभयो ।
यस्तै, विधेयकले प्रदेश प्रहरी प्रमुख (डीआईजी) पनि प्रहरी प्रमुख (आईजी) हुन पाउने बाटो खुला गरिएको छ । अहिले समायोजन भएर जाने प्रहरी बढुवा भएर माथि आउन सक्ने तर प्रदेशबाट नियुक्ति हुन थालेपछि भने केही प्रतिशत मात्र पदोन्नति भएर माथि आउन सक्ने छन् ।
यस्तै विधेयकले प्रदेश प्रहरीको पोसाक सबै प्रदेशको एउटै रहने पनि उल्लेख छ । तर पोशाकसँगै सम्बन्धित प्रदेशले आफ्नो संस्कृति झल्कने खालका लाेगाे भने लगाउन पाउने उल्लेख छ ।
विधेयकमाथि छलफलमा भाग लिने सांसदहरुले ग्रेड वृद्धिकाे सट्टा शैक्षिक योग्यता र समयावधि पुगेकालाई १ तह वृद्धि गर्ने व्यवस्था राख्न माग गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।