पाकिस्तानमा पूर्वप्रधानमन्त्री खानकाे रिहाइ माग गर्दै हजारौंको ...
मंसिर ११, २०८१ मंगलबार
रुसको राजधानी मस्को नजिकै २३३ जना यात्रु बोकेको हवाइजहाज चराहरुको झुण्डसँग ठोकिएपछि बिहीबार मकैबारीमा अवतरण गरेको छ ।
त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार उरल एअरलाइन्सको त्यस जहाजमा रहेका २३३ मध्ये २३ जना यात्रुहरु घाइते भएका छन् भने कुनै मानवीय क्षति भएको छैन ।
जहाज आकाशमा उडिरहेका चराहरुको झुण्डमा ठोकिएर इन्जिनमा समस्या आएका कारण मस्कोको दक्षिण पूर्वमा रहेको एउटा मकैबारीमा आकस्मिक अवतरण गराइएको थियो । स्थानीय इन्टरफ्याक्स समाचार संस्थाका अनुसार २३ मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।
स्थानीय पत्रिकाले २३३ यात्रुको ज्यान बचाउने पाइलटको बहादुरीको प्रशंसा गर्दै लेखेको छ, ‘इन्जिन नचल्ने तथा ल्याण्डि गियर बन्द हुँदा पनि सुझबुझसहित मकैबारीमा विमान अवतरण गराएर २३३ यात्रुको ज्यान बचाउने पाइलट दामिर युसुपोभ साँच्चै ‘हिरो’ हुन् ।’
यो घटनालाइ कसैकसैले भने सन २००९ मा अमेरिकी वायुसेवाको विमान सारसको समूहसँग ठोक्किएपछि हड्सन नदीमा अवतरण गरेको घटनासँग तुलना गरेका छन् । रुसी नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता एलेना मिखेयेभाले आकस्मिक अवतरण गर्ने क्रममा जहाजको इन्जिन बन्द रहेको र ल्याण्डि गियर पनि अड्केको आधिकारिक जानकारी दिइन् ।
‘विमान उडेलगत्तै हल्लिन सुरु गरेको थियाे’, स्थानीय टेलिभिजनलाई अन्तरवार्ता दिँदै एक यात्रुले भने, ‘पाँच सेकेण्डपछि जहाजको दायाँपट्टिका बत्तीहरु चम्किला भए र केही जलेको गन्धसमेत आयो । त्यसपछि अवतरण भयो र सबै भागाभाग गर्न थाले ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।