हेटौँडामा बस दुर्घटना : एक जनाको मृत्यु, १५ जना घाइते

 साउन ३१, २०७६ शुक्रबार ७:९:५ | उज्यालो सहकर्मी
unn.prixa.net

मकवानपुर – हेटौँडा उपमहानगरपालिका– १९ नेवार पानीमा बस बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने १५ जना घाइते भएका छन् । 

शुक्रबार बिहान झण्डै साढे २ बजे काठमाण्डौबाट रौतहटतर्फ जाँदै गरेको ना ५ ख २२३३ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो । 

दुर्घटनामा ज्यान गुमाउने सर्लाही जिल्ला रामनगर बोरहवा गाउँपालिका– ५ का ५८ वर्षीय मुकेश शर्मा रहेको प्रहरी उपरीक्षक सिंहले जानकारी दिनुभयो ।

घाइते १५ जनामध्ये ८ जना हेटौँडाको चुरेहिल अस्पतालमा सामान्य उपचारपछि घर फर्किएको, चार जनाको भरतपुर अस्पतालमा उपचार भैरहेको र अन्य तीन जनाको चुरेहिल अस्पतालमा नै उपचार भैरहेको प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया