सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
अफगानिस्तानको राजधानी काबुलमा एउटा विवाह समारोहमा भएको आत्मघाती बम विस्फोटमा कम्तीमा ६३ जनाको ज्यान गएको छ भने १८० भन्दा बढी घाइते भएका छन् ।
विवाह समारोहको हलमा आत्मघाती हमला गर्ने व्यक्ति पनि बमसँगै उडेको प्रत्यक्षदर्शीले सञ्चारमाध्यम बीबीसीलाई बताएका छन् ।
स्थानीय समय अनुसार रातिको १०ः४० बजे काबुलको पश्चिमी क्षेत्रमा आत्मघाती बम विस्फोट भएको छ, जुन क्षेत्रमा शिया मुस्लिमहरुको जनसंख्या धेरै छ ।
बम विस्फोटमा आफ्नो हात रहेको आतंकवादी संगठन तालिबानले बताएको छ । अन्य कुनै समूहले बम विस्फोटका बारेमा केही पनि बताएको छैन ।
सुन्नी मुस्लिम आतंकवादी, तालिवान र इस्लामिक स्टेट समूहले अफगानिस्तान र पाकिस्तानमा अल्पसंख्यक शिया हजारालाई बारम्बार निशाना बनाउँदै आइरहेका छन् ।
अफगानिस्तानमा पछिल्ला केही समयमा ठूला ठूला आक्रमण हुँदै आइरहेका छन् । यसअघि प्रहरी चौकीमा भएको बम विस्फोटमा १४ जनाको ज्यान गएको थियो भने १५० बढी घाइते भएका थिए । त्यो बम विस्फोटको जिम्मा तालिबानले लिएको थियाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।