सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
बिहारका पूर्व मुख्यमन्त्री जगन्नाथ मिश्रको नयाँ दिल्लीको एक अस्पतालमा ८२ वर्षको उमेरमा निधन भएको छ ।
जगन्नाथ मिश्र पछिल्लो केही महिनापछि बिरामी थिए । उनी बिहारमा तीन पटक मुख्यमन्त्री बनेका थिए । जगन्नाथ बिहारमा कांग्रेसका अन्तिम मुख्यमन्त्री थिए । उनी केन्द्रमा पनि मन्त्री भैसकेका छन् ।
जगन्नाथका भाइ ललित नारायण मिश्र इन्दिरा गान्धीको सरकारमा रेल मन्त्री थिए । राजनीतिमा आउनुअघि मिश्र बिहार विश्वविद्यालयमा अर्थशास्त्रका प्राध्यापक थिए ।
उनले केही किताब पनि लेखेका छन् । कांग्रेस कमजोर भएको अवस्थामा मिश्रले राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) लाई सम्हालेका थिए । उनी एनसीपीपछि जनता दल युनाइटेडमा पनि गएका थिए ।
जगन्नाथ मिश्र करोडौँ रुपैयाँको बहुचर्चित चारा घोटालाका अभियुक्त पनि रहेका थिए । हालै मात्र राँची उच्च अदालतले मिश्रलाई यो मुद्दामा विमुक्त गरेको थियो ।
जगन्नाथ मिश्रका छोरा नीतीश मिश्र बिहारका मुख्यमन्त्री नीतीश कुमारको मन्त्रिमण्डलमा मन्त्री रहेका छन् । जगन्नाथको निधनलाई लिएर नेताहरुले दु:ख व्यक्त गरेका छन् ।
उनकाे निधनलाई लिएर बिहारमा तीन दिन शाेककाे घाेषणा गरिएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।