नेपाली महिला टाेली खाे–खाे विश्वकपकाे फाइनलमा भारतसँग पराजित
माघ ६, २०८१ आइतबार
काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शुक्रबार र आइतबार बसेको सचिवालय बैठकले सचिवालय हेरफेरका साथै समीकरणमा समेत फेरबदल गरेको छ ।
बैठकले झण्डै डेढ वर्षभन्दा बढी समयदेखि अल्झिरहेको पार्टी एकताको बाँकी कामलाई पूर्णता दिएको भए पनि विवादरहित भने बनाउन सकेन । पार्टी एकीकरणको काम टुंगो लगाउँदै गर्दा पछिल्ला बैठकले पार्टीको संरचना थप गर्नुका साथै नेताहरुको वरीयता नै हेरफेर गरेको छ ।
शुक्रबारको बैठकले पार्टीको संरचनामा उपाध्यक्ष पद थप गर्यो भने आइतबारको बैठकले माधवकुमार नेपाल र झलनाथ खनालको वरिष्ठताको वरीयता हेरफेर गरिदिएको छ ।
पार्टी एकीकरण घोषणाका बेला नेपाल बाहिर रहेका खनाल तेस्रो वरीयतामा रहेकोमा आइतबारको बैठकले उहाँको वरीयता दोस्रो बनाएको हो । एकीकरण घोषणाका बेला नेपाल दोस्रो वरीयतामा थिए ।
अब भने माधव नेपालभन्दा अघि खनाल रहनु हुने भएकाे छ। सचिवालयको यो निर्णयमा माधव नेपालले ‘नोट आफ डिसेन्ट’ लेख्नु भएको छ ।
यस्तै शुक्रबारको बैठकमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टी उपाध्यक्षमा वामदेव गौतमको नाम प्रस्ताव गर्नु भएको थियो । बैठकमा दुवै अध्यक्षले पार्टी उपाध्यक्षमा सिफारिस गरेको गौतमको नाममा कसैले विरोध नजनाएको र त्यसलाई अनुमोदनका लागि स्थायी कमिटी बैठकमा लैजाने सहमति भएको थियो ।
पार्टीको विधानमा उपाध्यक्ष पदको परिकल्पना नरहेकाले स्थायी कमिटी बैठकबाटै यसलाई अनुमोदन गराउनु पर्ने छ ।
यसअघि पार्टीमा दुई जना अध्यक्ष, एक जना महासचिव र अन्य सदस्य रहने गरेकोमा स्थायी कमिटीले अनुमोदन गरेपछि भने महासचिवभन्दा अघि एक जना उपाध्यक्ष पनि थपिने छन् ।
यस्तो छ नेकपाको बदलिएको संरचना
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।