'मानापाथी जोखे' जस्तो एकैचाेटि पार्टीमा सन्तुलन मिल्दैन : ईश्वर पाेखरेल

 भदौ ३, २०७६ मंगलबार १८:३१:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै -  उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले 'मानापाथी जोखे' जस्तो पार्टीमा सन्तुलन नमिल्ने बताउनुभएको छ । 

नेपाल कम्युनिष्ट पार्टी काठमाण्डौ क्षेत्र नम्बर ५ ले मंगलबार राजधानीको बसुन्धरामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दे पार्टीका सचिवालय सदस्य तथा  स्कुल विभाग प्रमुखसमेत रहेका पोखरेलले पार्टी भित्रको जिम्मेवारी बाँडफाँडलाई तुलोमा जोग्न नमिल्ने बताउनुभएको हो । उहाँले नमिलेका विषयलाई प्रक्रियाबाट नै मिलाउँदै जानुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, 'प्रक्रियाबाट नमिलेका कुराहरु मिलाउँदै जाने हो । एकैचोटी मानापाथी जोखे जस्तो सबै कुरा मिल्दैन पार्टीमा । एकदम ढ्याक्क ढ्याक्क कति किलो जस्तो हुँदैन । यो जोखे जस्तो हुँदैन । नमिलेका कुराहरु भोलि व्यवहारमा मिलाउँदै जाने हो ।'

उहाँले दुई पार्टी मिलेर एउटै पार्टी बनेकाले अब नेतृत्वको निर्णयलाई स्वीकार गर्दै अघि बढ्न कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले छिट्टै काठमाण्डौ जिल्ला कमिटीले पूर्णता पाउने विश्वास पनि दिलाउनुभयो । काठमाण्डौअन्तर्गत १० वटै निर्वाचन क्षेत्रमा निर्वाचन क्षेत्रीय स्तरका कमिटीले पूर्णता पाएका छैनन् ।

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया