नेपाली महिला टाेली खाे–खाे विश्वकपकाे फाइनलमा भारतसँग पराजित
माघ ६, २०८१ आइतबार
काठमाण्डौ – भारतीय विदेश मन्त्री सुब्रमण्यम जयशंकरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नु भएको छ ।
नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन भारतीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै काठमाण्डौ आउनुभएका भारतीय विदेश मन्त्री जयंशकरले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेटवार्ता गर्नु भएको हो ।
भेटवार्ताका क्रममा नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरी, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डाक्टर राजन भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागीलगायत उपस्थित हुनुहुन्थ्यो ।
संयुक्त आयोगको बैठकमा बुधबार नेपाल भारत दुईपक्षीय सहयोग आदान प्रदानको साथै विभिन्न एजेण्डामा सहमति सहित हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । विदेश मन्त्री जयशंकरको सम्मानमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बुधबार साँझ रात्रीभोजको आयोजना गर्नुभएको हो ।
उहाँले शुक्रबार बिहान साढे १० बजे राष्ट्रपतिसँग शिष्टाचार भेट गर्ने र अपरान्ह साढे ३ बजे दिल्ली फर्कने कार्यक्रम छ । विदेश मन्त्री जयशंकरको यो भ्रमण विदेश मन्त्री भएपछिको पहिलो नेपाल भ्रमण हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।