नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले युगान्डा भ्रमण गर्ने, १८ ...
फागुन ६, २०८१ मंगलबार
क्रिकेट यस्तो खेल हो, जसमा भाग्यले साथ दिँदा कोही स्टार बन्छन् भने भाग्यले साथ नदिँदा कोही सन्यास लिन बाध्य हुन्छन् ।
तर कतिपय यस्तो क्रिकेटर पनि छन् जसले सन्यास लिएर पनि पुनः क्रिकेटको जगतको पाइला राखेका छन् । ती क्रिकेटरका बारेमा थाहा पाइ राखौँ–
क्रिस गेल
वेस्ट इण्डिजका विस्फोटक ब्याट्सम्यान ‘युनिभर्सल बोस’ क्रिस गेलले भारतविरुद्धको तेस्रो एकदिवसीय खेल नै आफ्नो अन्तिम खेल हुने बताएका थिए । तर उनले यू–टर्न लिँदै अहिले तत्काल सन्यास नलिने बताए ।
जवागल श्रीनाथ
लामो समयसम्म भारतीय टिममा बलरको भूमिका निभाएका जवागल श्रीनाथले कपिल देवजस्ता दिग्गज खेलाडीसँग एउटै टिमबाट खेल्ने मौका पाए ।
भारतीय क्रिकेट इतिहासका सर्वश्रेष्ठ बलरमध्येका एक जवागलले सन् २००२ मा क्रिकेटलाई अलबिदा गरेका थिए तर सन् २००३ को क्रिकेट विश्वकपमा सौरव गांगुलीको आग्रहमा उनी पुनः टिममा फर्किए । साथै उनले भारतीय टिमलाई फाइनलसम्मको बाटो देखाउन महत्वपूर्ण भूमिका निभाए ।
जावेद मियाँदाद
जावेद मियाँदा पाकिस्तानका महान खेलाडीहरुमध्ये एक हुन् । उनले ६ ओटा विश्वकपमा पाकिस्तानको तर्फबाट प्रतिनिधित्व गरेका छन् । यसको अलावा पाकिस्तानी क्रिकेटमा उनको योगदान महत्वपूर्ण रहेको छ ।
मियाँदादले १२४ टेस्टमा ८८३२ रन बनाएका छन् भने २३१ एकदिवसीयमा ७३८१ रन बनाएका छन् । मियान्दादले सन् १९९६ को विश्वकपअघि सन्यास लिएका थिए तर तत्कालीन प्रधानमन्त्री बेनजीर भुट्टोको आग्रहमा उनले १० दिनपछि सन्यास फिर्ता लिएका थिए ।
कार्ल हूपर
वेस्ट इण्डिजका कार्ल हूपर पहिलो यस्तो खेलाडी बने जसले एकदिवसीय क्रिकेटमा ५ हजार रन र १०० विकेट दर्ता गरे । यसका साथै १०० क्याच पनि लिए । सन् १९९९ को विश्कपपछि उनले अचानक सन्यास लिने घोषणा गरेका थिए तर सन् २००१ मा टिममा फर्किँदै उनले सन् २००३ सम्म कप्तानी सम्हाले ।
शाहिद अफरीदी
पाकिस्तानका शाहिद अफरीदीलाई कैँयौँ पटक सन्यास लिने क्रिकेटरको बारेमा याद गरिन्छ । पहिलो पटक सन् २०१० मा सन्यास लिएका थिए । त्यस्तै उनले सन् २०११ मा भारतसँग सेमिफाइनलमा हार बेहोरेपछि क्रिकेट जगतलाई अलबिदा गरेका थिए तर उनी फेरि टिममा फर्किए ।
अफरीदीले ३९८ एकदिवसीय क्रिकेटमा ८०६४ रन बनाउँदै ३९५ विकेट लिएका छन् । सन् २०१६ मा अन्ततः उनले क्रिकेटबाट सन्यास लिए ।
ब्रेन्डन टेलर
गएको वर्ष अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो पटक फर्किएका जिम्बाब्वेका विकेटकीपर तथा ब्याट्सम्यान ब्रेन्डन टेलरले सन् २०१५ मा बाध्य भएर सन्यास लिनु परेको थियो ।
किनकि काउन्टी क्रिकेटमा कोल्पेक डिलका अनुसार नाटिंघमशायरसँग उनलाई करार दिइएको थियो, जुन पूरा भएको छ । यसर्थ ३१ वर्षको उमेरमा उनले दोस्रो पटक जिम्बाब्वे टिममा फर्किएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।