नेपाली महिला टाेली खाे–खाे विश्वकपकाे फाइनलमा भारतसँग पराजित
माघ ६, २०८१ आइतबार
काठमाण्डौ – भारतीय विदेश मन्त्री डाक्टर सुव्रमण्यम(एस) जयशंकर स्वदेश फिर्ता हुनुभएको छ । बुधबार नेपाल आउनुभएका उहाँ बिहीबार स्वदेश फर्कनुभएको हो ।
नेपाल उत्रे लगत्तै विदेशमन्त्री जयशंकरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बुधबार नै भेटघाट गर्नुभएको थियो । बिहीबार बिहान पशुपतिनाथको दर्शन गरेर उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न शितल निवास पुग्नुभएको थियो ।
भारतीय विदेशमन्त्री जयशंकरलाई भेट्न नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उहाँ बसेकै होटल सोल्टी पुग्नुभएको थियो । यस्तै समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई तथा अर्का अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादव पनि होटलमै पुगेर भेट गर्नुभएको थियो ।
बुधबारदेखि सुरु भएको नेपाल र भारतबीच परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको पाँचौं बैठकमा सहभागी हुन उहाँ नेपाल आउनु भएको थियो । नेपाल आउँदा उच्चस्तरीय भेटघाट पनि गर्नुभएको हो ।
भारतमा नरेन्द्र मोदी नेतृत्वको सरकार दोस्रो कार्यकालका लागि गठन भएपछि भारतीय विदेश मन्त्रीको यो पहिलो नेपाल भ्रमण हो ।
परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र उहाँका समकक्षी जयशंकरले सहअध्यक्षतामा बुधबार साँझ आयोगको बैठक बसेको थियो । बैठकमा नेपालका तर्फबाट ३५ जना सहभागी भएका थिए ।
संयुक्त आयोगमा दुईपक्षीय सम्बन्धका सबै विषयलाई विभिन्न पाँच शीर्षकअन्तर्गत राखेर छलफल गरिएको थियो । राजनीतिक सुरक्षा र सीमा, आर्थिक सहयोग तथा पूर्वाधार, व्यापार तथा पारवहन, ऊर्जा तथा जलस्रोत र संस्कृति तथा शिक्षाअन्तर्गत समग्र विषयमा छलफल भएको थियो ।
यी मुख्य कार्यसूचीभित्र परेका रेल्वे लाइन, जलमार्ग, पेट्रोल पम्प लाइन, हुलाकी सडक, चेकपोस्ट स्थापना, नयाँ जलविद्युत योजनालगायतका एक दर्जनभन्दा बढी नयाँ विषयमा समझदारी र कार्यान्वयन प्रक्रिया अगाडि बढ्ने र केही हस्तान्तरण हुने सम्भावना छ ।
बैठकको सुरुमै केही नयाँ समझदारीमा दुई देशका परराष्ट्र मन्त्रीले हस्ताक्षर गर्ने कार्यक्रम समेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।