नेपाली महिला टाेली खाे–खाे विश्वकपकाे फाइनलमा भारतसँग पराजित
माघ ६, २०८१ आइतबार
काठमाण्डौ – प्रतिनिधि सभाअन्तर्गतकाे संसदीय समितिको विकास तथा प्रविधि समितिले शुक्रबार चाबहिल-जोरपाटी-साँखु सडक खण्डको स्थलगत अनुगमन गरेको हो ।
सभापति कल्याणी खड्काको नेतृत्वमा सांसदहरु, सडक आयोजनाका कर्मचारी तथा पत्रकारहरुसमेत सहभागी टोलीले सडक अनुगमन गरेको हो । सडक अनुगमनपछि सभापति कल्याणी खड्काले जिम्मेवारी भित्रको काम समयमै सम्पन्न गर्न ठेकेदार कम्पनीहरुलाई निर्देशन दिनुभयो ।
सडक अनुगमन गर्न आउने थाहा पाएपछि खाल्डो पुर्ने प्रवृति गलत भएको भन्दै जनतालाई कमजोर नठान्न श्रेष्ठले चेतावनी नै दिनुभयो । उहाँले भन्नुभयो, ‘बिरालोलाई लगेर तपाईँले ढोकामा थुनिदिनुभयो भने तपाईँको घाँटी च्याप्न आउँछ ।’
सभापतिको कडा निर्देशनपछि अनुगमनका क्रममा ठेकेदार कम्पनी, स्थानीय जनप्रतिनिधि र सडक विस्तार आयोजनाका प्रतिनिधिबीच आरोप प्रत्यारोप नै चल्यो । जनप्रतिनिधिले ठेकेदारले काम गर्न अटेरी गरेको र अनुगमन आउने थाहा पाएपछि सडकका खाल्डा पुर्ने काम गरेको बताए ।
ठेकेदार कम्पनीका प्रतिनिधिले भने स्थानीय जनप्रतिनिधिले बाटो विस्तारमा असहयोग गरेको गुनासो गरे । ठेकेदार कम्पनीका प्रतिनिधिले सडकको डिजाइन दिन ढिलाइ गरेका कारण समस्या भएको भन्दै सम्पूर्ण दोष आयोजना तर्फ थुपारेपछि आयोजना प्रमुखले प्रतिवाद गरेका थिए ।
चाबहिल–जोरपाटी सडक खण्डको निर्माण ठेक्का लिएका चार ओटा कम्पनीमध्ये लामा कन्स्ट्रक्सनका मालिक जिपछिरिङ लामा विकास समितिका सदस्य पनि हुनुहुन्छ । अनुगमनका क्रममा समितिले चाबहिल- मैजुबहाल र जोरपार्टी-साँखु सडक खण्ड दुरावस्थामा रहेको ठहर गरेको छ ।
कुन भूगोलमा कस्तो बाटो उपयुक्त छ भन्ने अध्ययन अनुसन्धानबिना नै सडक विस्तारको काम अगाडि बढाएकाले सडक निर्माण समयै सम्पन्न हुन नसकेको देखिएको सभापति खड्काले जानकारी दिनुभयो ।
प्रतिनिधिसभा बैठकमा राजधानीकै सडकको अवस्था नाजुक रहेको भन्दै दैनिकजसो सांसदहरुले आवाज उठाएपछि संसदीय समितिले त्यस तर्फ चासो देखाएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।