ईश्वर पोखरेललाई स्कूल विभाग प्रमुखको जिम्मेवारी हस्तान्तरण

 भदौ ७, २०७६ शनिबार १७:३७:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै -  कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टीको स्कूल विभाग प्रमुखको जिम्मेवारी लिनु भएको छ । 

ललितपुरमा रहेकाे तुल्सीलाल स्मृति प्रतिष्ठानमा शनिबार विशेष कार्यक्रम गरी कार्यवाहक प्रधानमन्त्री पोखरेललाई स्कूल विभाग प्रमुखको जिम्मेवारी हस्तान्तरण गरिएको हो । तत्कालीन माओवादी केन्द्रका स्कूल विभाग प्रमुख र नेकपा एमालेका स्कूल विभाग प्रमुख शंकर पोखरेलले संयुक्त रुपमा पोखरेललाई स्कूल विभाग प्रमुखको जिम्मेवारी हस्तान्तरण गर्नु भएको हो ।

स्कूल विभाग प्रमुखको जिम्मेवारी लिएपछि नेता पोखरेलले विचार र संगठनलाई थप व्यवस्थित र सुदृढ बनाउदै नेतृत्व निर्माणमा अघि बढ्ने प्रतिबद्धता जनाउनु भयो । परिवर्तित अवस्थामा हिजोको ढाँचाबाट नेतृत्व निर्माण हुन नसक्ने भन्दै उहाँले नेतृत्व निर्माणमा नयाँ ढंगले अघि बढ्ने बताउनु भयो । सिंंगो पार्टी पंक्तिले राजनीतिक कार्यदिशाको बारेमा एउटै बुझाइ बुझ्ने र एउटै बोली बोल्नुपर्ने आवश्यकता औँल्याउनु भयो ।  

स्कूल विभागको जिम्मेवारी लिन धेरैले दावी गरिरहँदा उपप्रधानमन्त्री पोखरेलले जिम्मेवारी पाउनु भएको हो । उहाँ एकता अघि तत्कालीन नेकपा एमालेका महासचिव हुनुहुन्थ्यो । 

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया