टाइगर कप भलिबल : पुरुषतर्फ गण्डकी र आर्मी विजयी
माघ १५, २०८१ मंगलबार
भक्तपुर – मध्यपुरथिमि नगरपालिका– १ लोकन्थलीमा आइतबार बिहान फेरि पहिरो गएको छ । पहिरोले सडक भासिनुका साथै ६ घर उच्च जोखिममा परेको छ ।
मध्यपुरथिमि नगरपालिकाको वडा नम्बर १, २ र ३ मा रहेको खानेपानी समस्या समाधानका लागि ट्याङ्की निर्माण गर्ने क्रममा गएको ३ गते राति पहिरो गएपछि रोकथामको प्रयास भए पनि फेरि त्यही ठाउँमा पहिरो गएको हो ।
पानी ट्याङ्की निर्माणका लागि खाडल खन्दा ३ गते राति पहिरो जाँदा १६ फिट चौडाइ रहेको झण्डै ४० मिटर कालोपत्र सडक पूरै बगाउँदा यातायात सेवा अवरुद्ध भएको थियो भने अहिले फेरि पहिरो जाँदा सडकमा अझ क्षति पुग्ने जोखिम छ ।
पहिरोका जाँदा स्थानीय लक्ष्मणप्रसाद पौडेल, प्रेमबहादुर तामाङ, सन्तोष तामाङ, भरत पौडेल, कृष्णबहादुर थापा, मुकुन्द सापकोटा र कैलाश न्यौपानेको घरलाई उच्च जोखिममा परेको हो । पहिरो दुई ओटा घरको जगमा पुगेको छ भने ती घरका सामान अन्यत्र सार्नुका साथै मानिससमेत अन्यत्र बसेका छन् ।
खानेपानी समस्या समाधान गर्न सरकारको एक करोड ३२ लाख रुपैयाँको लागतमा वडा नं १ को भिरालो सार्वजनिक जग्गामा पाँच लाख लिटर क्षमताको ट्याङ्की बनाउने क्रममा पहिरो गएको वडाध्यक्ष सुरज खड्काले जानकारी दिनुभयो ।
गएको ३ गतेको पहिरोले चर्काएको ठाउँमा पहिरो रोकथामको प्रयास भइरहँदा आइतबार पुनः पहिरो जाँदा पश्चिमतर्फ पनि क्षति पुगेको छ । यहाँका घर र पूर्व तथा पश्चिमको कालोपत्र सडकसमेत पहिरोमा भासिने जोखिममा रहेको बताउँदै उहाँले ३ गते भएको सहमति अनुसार तत्कालै संरक्षणमा नलागे ठूलो जोखिम ब्यहोर्नुपर्ने बताउनु भयो ।
३ गते पहिरो गएको ठाउँमा पहिरो रोकथामका लागि मध्यपुरथिमि नगरपालिकाले टेवा पर्खाल लगाउन सुरु गरे पनि अकोँ ठाउँबाट पुनः पहिरो जान थालेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।