इसाई धर्मावलम्बीले धुमधामका साथ मनाए क्रिसमस
पुस १०, २०८१ बुधबार
स्याङ्जा – वैदेशिक रोजगारीका क्रममा स्पेनमा ज्यान गुमाएका स्याङ्जाकाे बिरुवा गाउँपालिका वडा नम्बर ६, चिन्नेबासका पुजन कोइरालाको परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।
पुजनको २०६७ साल जेष्ठ १२ गते कार दुर्घटनामा ज्यान गएको थियो । काठमाण्डौमा बस्दै आउनुभएकी पुजनकी आमा देवी कोइरालालाई शनिबार वालिङमा पत्रकार, समाजसेवी तथा जनप्रतिनिधिहरुको सहभागितामा २ लाख २५ हजार ७ सय ५२ रुपैयाँ प्रदान गरिएको हो ।
बेल्जियम स्याङ्जा सम्पर्क समिति र बेल्जियममा रहेका नेपालीको सहयोगमा संकलित रकम समितिका महासचिव होमनाथ पाण्डेले नेपाल पठाउनु भएको थियो ।
एक नेपालीलाई दुःख पर्दा अर्को नेपालीले सहयोग गर्नुपर्छ भन्ने भावनाले बेल्जियममा रहेका स्याङ्जाली तथा अरु नेपालीहरुले पुजनको सम्झनामा संकलित रकम हस्तान्तरण गरिएको समाजसेवी नेत्रप्रसाद पाण्डेले बताउनुभयो ।
श्रीमान र छोरा समेत गुमाउनुभएकी पुजनकी आमा अहिले छोरीको साथमा काठमाण्डौमा बस्दै आउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।