टाइगर कप भलिबल : पुरुषतर्फ गण्डकी र आर्मी विजयी
माघ १५, २०८१ मंगलबार
रोल्पा – थवाङ गाउँपालिकाको छेर्लाबाङमा पहिरोले घर पुरिँदा दुई जनाकाे ज्यान गएको छ । बिहीबार राति पहिरोले घर पुरेपछि खीलकुमारी बुढा र उहाँका छोरा असलको ज्यान गएको प्रहरीले जनाएको छ ।
त्यस्तै पहिरोमा पुरिएर घरमा रहेका अन्य चार जना भने सम्पर्कविहीन भएका छन् । पुरिएर बेपत्ता हुनेमा ३६ वर्षीय जय बुढा, उहाँकी पत्नी ४० वर्षीया मूलज्योति बुढा, १० वर्षकी छोरी गृष्मा र डेढ वर्षकी छोरी रहेका छन् । घरमा रहेका चौपाया पनि पुरिएका छन् ।
पहिरो बिहीबार राति नै खसे पनि नजिकै अरु घर नभएकाले बिहान मात्रै घटनाबारे थाहा पाएको प्रहरीले जनाएको छ । घरमाथिबाट खनिएको सडक भासिएर आएको पहिरोले दुई तले ढुंगे घर पुरिएको हो ।
अहिले हराइरहेका चार जनाको खोजी भैरहेको छ । बुधबार रातिदेखि नै पानी परिरहेकाले त्यहाँका अरु घर पनि पहिरोको जोखिममा परेको स्थानीयले बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।