इसाई धर्मावलम्बीले धुमधामका साथ मनाए क्रिसमस
पुस १०, २०८१ बुधबार
जुम्ला – बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यका साथ जुम्लाकाे चन्दननाथ नगरपालिकाले 'मेयर रोजगार कार्यक्रम' सञ्चालन गरेको छ । चन्दननाथ नगरपालिकाभित्र रहेका १० जना युवालाई रोजगारी दिने योजनासहित मेयर रोजगार कार्यक्रम सुरु गरिएको हो ।
युवाहरुलाई तालिम दिएर स्वरोजगार गर्ने नीतिअनुसार नगरपालिकाले एककार्यक्रम गरी मंगलबार मेयर रोजगार कार्यक्रमको उद्घाटन गरेकाे हाे । नगरपालिकाका मेयर कान्तिका सेजुवालले कार्यक्रमकाे उद्घाटन गर्नुभएको हाे ।
नगरपालिकाभित्रका १० जना युवाहरुलाई ६ महिने मोटरसाइकल मर्मत तालिम दिएर पछि ग्यारेज स्थापना गर्न लगाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको मेयर सेजुवालले बताउनुभयो । ‘बढ्दो सवारी साधनलाई मध्यनजर गर्दै युवाहरुलाई मोटरसाइकल मर्मतको तालिम दिएर स्वरोजगार बनाउने नगरपालिकाले लक्ष्य लिएको छ’, उहाँले भन्नुभयो, ‘तालिम लिएका १० जना युवालाई नगरपालिकाले ग्यारेज स्थापना गर्न आवश्यक उपकरण खरिदमा ५० प्रतिशत अनुदान दिनेछ ।’
बजारको मागलाई हेरेर १० लाखको रोजगार कार्यक्रम ल्याइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम देवकोटाले बताउनुभयो ।
‘जुम्ला बजारमा मोटरसाइकल मर्मत व्यवसायमा प्राय सबै बाह्य देश तथा जिल्लाका मानिसहरु संलग्न छन्’, उहाँले भन्नुभयो, ‘युवाहरु रोजगारीका लागि भौँतारिएका छन्, उनीहरुलाई सीप सिकाएमा केही गर्न सक्ने भएकाले मेयर रोजगार कार्यक्रम ल्याइएको हो ।’
युवाहरुलाई स्वारोजगार बन्न र जीवनयापन गर्न कार्यक्रम फलदायी हुने नगरपालिकाको दाबी छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।
योगेश निरौला
Oct. 17, 2019, 11:34 a.m.राम्रो शुरुवात । सहभागीहरूमा महिला/ किशोरीहरू पनि पर्नुभएको होला। सफलताको कामना ।