एनपीएलको उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै - काठमाण्डाैमा जारी वुमन्स च्याम्पियन्स लिगमा विराटनगर टाइटन्सले लगातार दोस्रो जित निकालेको छ । शुक्रबार भएको खेलमा विराटनगरले पोखरा पल्टनलाई ६ विकेटले हरायो ।
किर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ५ विकेट गुमाएर ९४ रन बनायो । पोखराका लागि कविता कुँवरले सर्वाधिक २२ रन बनाइन् भने कप्तान सिता राना मगरले १६, अन्जली चन्दले १५ तथा रेवती धामीले १२ रन बनाइन् । यस्तै सरस्वती मगर १० रनमा अविजित रहिन् ।
बलिङतर्फ विराटनगरकी सबनम राईले २ विकेट लिइन् भने सोनु खड्काले १ विकेट लिइन् ।
जवाफमा विराटनगरले १५ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।
सुरुवात राम्रो गर्न नसकेपछि विरानगरका लागि ज्योति पाण्डे र लक्ष्मी चौधरीले राम्रो पारी खेले । पहिलो खेलमा नै अर्धशतक प्रहार गरेकी ज्योतिले २२ रनको योगदान गरिन् । यस्तै डोली भट्टले १२ तथा लक्ष्मी चौधरीले २३ रनको योगदान गरिन् ।
विराटनगरले दुई रनमा पहिलो विकेट गुमाएको थियो भने ३८ रनमा दोस्रो, ५६ रनमा तेस्रो र ८६ रनमा चौथो विकेट खेर फालेको थियो । उसका लागि अन्तिममा अस्मिता कर्माचार्यले १६ रनको योगदान गरेकाी थिइन् ।
यो जितले विराटनगरले दुई खेलबाट चार अंक बनाएको छ भने पोखराको याे लगातार दोस्रो हार हो । पहिलो खेलमा विराटनगरले ललितपुर फाल्कन्सलाई ४ विकेटले हराएको थियो भने पोखरा क्वाट क्वीन्स काठमाण्डौसँग ८२ रनले पराजित भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।