फाल्गुनन्द गोल्डकप : तेस्रो क्वाटरफाइनलमा आज चर्च ब्वाइज र विराट...
पुस १०, २०८१ बुधबार
खोटाङ - खोटाङको केपिलासगढी गाँउपालिकाले वैदेशिक रोजगारीसम्बन्धी पार्श्वचित्र बनाएर तथ्यांकको निचोडको आधारमा योजना निर्माण गर्ने भएको छ ।
खोटाङ्का जनप्रतिनिधिहरुले वैदेशिक रोजगारसम्बन्धी पालिकाको पार्श्वचित्र बनाई तथ्यांकको निचोडको आधारमा योजना निर्माण गरी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बाल सेवा समाज नेपालले आयोजना गरेको एक दिने सुरक्षित आप्रवासन विषयक जनप्रतिनिधिसँगको अन्तरक्रिया कार्यक्रममा उहाँहरुले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
वैदेशिक रोजगारसम्बन्धी पालिकाको पार्श्वचित्र तयार गर्ने प्रक्रिया १ हप्तामा सम्पन्न गरिने पालिकाले जनाएको छ ।
वैदेशिक रोजगारीमा जान चाहने युवाहरुलाई लक्षित गर्दै सञ्चालन भएको सीप तालिममा युवाहरुको संख्यालाई वृद्धि गर्ने, वैदेशिक रोजगारका कारण समस्यामा परेका युवाहरुलाई न्यायमा सहजीकरणमा सहयोग गर्ने, उत्पादनमूलक क्षेत्रमा रेमिट्यान्सको उपयोगका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने साथै वैदेशिक रोजगारीले निम्त्याएका मानोसामाजिक समस्याहरु न्यूनीकरणका कार्यक्रमलाई प्राथमिकता साथ कार्यान्वन गर्ने गाउँपालिका अध्यक्ष कृष्णकुमार राईले बताउनुभयो ।
स्थानीय तहको यस कामलाई सामी परियोजनाले सहयोग गरको हो । सामी, हेल्भेटासको सहजीकरणमा केपिलासगढी गाउँपालिकाले गरेको प्रारम्भिक सर्वेक्षण अनुसार गाउँपालिकाबाट ७ सय ९९ जना वैदेशिक रोजगारीमा गएका छन् । त्यसमध्ये ६० जना महिला र ७ सय ३९ जना पुरुष रहेका छन् ।
सामी परियोजना नेपाल सरकार र स्विजरल्याण्ड सरकारको द्विपक्षीय सम्झौतामा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत स्थानीय तहहरुमा सञ्चालन भइरहेको छ । कार्यक्रमको गुणस्तरका लागि हेल्भेटास नेपालले प्राविधिक सहयोग गर्दे आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।