ला लिगा: रियल मड्रिड दोस्रो स्थानमा उक्लियाे, बार्सिलोनासँगको दूरी एक अंकमा झर्‍याे

 कात्तिक १४, २०७६ बिहीबार ९:०:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

स्पेनिस ला लिगामा रियल मड्रिड दोस्रो स्थानमा उक्लिएको छ । रेलिगेसन जोनको लेगानेसलाई पाँच-शून्य ले हराउँदै रियल मड्रिडले शीर्ष स्थानको बार्सिलोनासँगको दूरी एक अंकमा झारेको छ ।

शीर्ष स्थानको बार्सिलोनाको १० खेलबाट २२ अंक छ भने रियल मड्रिडले समान खेलबाट २१ अंक पुगेको छ ।

सान्टियागो बर्नाबाउमा भएको खेलमा रोड्रिगोले सातौँ मिनेटमा र टोनी क्रुजले आठौँ मिनेटमा गोल गर्दै रियल मड्रिडलाई सुरुमै दुई गोलको अग्रता दिलाएका थिए । २४औंँ मिनेटमा सर्जियो रामोसले पेनाल्टीमा गोल गर्दा रियलले पहिलो हाफअघि ३–० को अग्रता लियो ।

६९औंँ मिनेटमा रियलले अर्को पेनाल्टी पायो, जसलाई करिम बेन्जेमाले गोलमा परिणत गरे । इन्ज्युरी समयमा लुका जोभिचले गोल गर्दै रियल मड्रिडलाई पाँच-शून्य को जित दिलाए ।

ला लिगामा सेभिया भ्यालेन्सियासँग एक-एक गोलको बराबरीमा रोकिँदा र रियल सोसियडाड लेभान्टेसँग आफ्नै मैदानमा दुई-एकले हार्दै दोस्रो स्थानमा उक्लिने मौका गुमाउन पुगेकाे छ ।

यस्तै एथ्लेटिक बिल्बाओले एस्पान्योललाई तीन-शून्यले हरायो भने रियल बेटिसले सेल्टा भिगोमाथि दुई-एक को जित निकाल्यो ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया