एन्फा महिला लिगमा एपीएफले बाग्मती युथलाई ६ गोलले हरायो
माघ २, २०८१ बुधबार
सल्यान - सल्यानमा जीपदुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । आठ जना घाइते भएका छन् । दुर्घटनामा परि ज्यान गुमाउनेमा त्रिवेणी गाउँपालिका वडा नम्बर ४ का ६० वर्षीया कृष्णादेवी परियार र त्यही ठाउँका ५९ वर्षीया यगी थापा रहेका छन् ।
उनीहरुको अञ्चल अस्पताल तुल्सीपुरमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ । सल्यानको फलाबाङबाट दाङ तुल्सीपुर जाँदै गरेको रा १ ज ४३२ नम्बरको जीपफलाबाङको बडागाँउ नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि घाइते हुने सबै एउटै वडाका रहेका छन् । घाइते हुनेमा फलाबाँग निवासी चालक २८ वर्षीय सन्दीप परियार, २३ वर्षीया रिता रावत, ८ वर्षीया ज्योती रावत,५५ वर्षीया सावित्री खत्री,२२ वर्षीया तारा थापा, २३ वर्षीया मोती रावत, २१ वर्षीया राधा बोहरा र दाङ तुल्सीपुर उप महानगरपालिका ५ निवासी २८ वर्षीया डिला बुढा रहेका छन् ।
घाइते सबै जनाको उपचार अञ्चल अस्पताल तुल्सीपुरमा भइ रहेको र चालकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।