नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले युगान्डा भ्रमण गर्ने, १८ ...
फागुन ६, २०८१ मंगलबार
काठमाण्डौ – नेपालमा पहिलो पटक फर्मुला वानको इ–कार रेसिङ आयोजना हुने भएको छ । सन् २०२१ को मे महिनामा मुस्ताङको जोमसोममा फर्मुला इ–च्याम्पियनसिप प्रतियोगिता आयोजना हुने भएको हो ।
‘एक्स्ट्रिम र इ’ नाम दिइएको रेस ब्याट्रीबाट चल्ने विद्युतीय कारको रेस हो । नेपाल पर्यटन बोर्डको संयोजनमा बेलायतको ‘एक्स्ट्रिम इ’ नामक संस्थाले रेसिङ आयोजना गर्न लागेको हो । रेसिङका लागि विभिन्न पाँच भौगोलिक क्षेत्रमध्ये हिमालयतर्फ नेपाल छनोट भएको हो । वातावरणमा अन्य प्रभाव नहोस् भनेर विद्युतीय कारको रेसिङ गर्न लागिएको हो ।
नेपाल भ्रमण वर्षलाई सहयोग पुग्नुका साथै आगामी पर्यटन अभियानमा पनि यसले सहयोग पुग्ने बोर्डका वरिष्ठ अधिकृत सुदन सुवेदीले जानकारी दिनुभयो । सन् २०११ मा पहिलो पटक घोषणा भएको फर्मुला वानको इ–कार रेसिङ यसअघि सन् २०१४ मा चीनको राजधानी बेजिइङमा उद्घाटन भएको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई र फर्मुला इ–च्याम्पियनसिपका संस्थापक तथा अध्यक्ष अलेजेन्ड्रो अगागलेसहितको टोलीले दुई दिनअघि मनाङको अवलोकन गरी कार्यक्रम आयोजना गर्ने घोषणा गरेको थियो । विश्वव्यापीरूपमा यो रेसिङमा एक सिट भएका विद्युतीय रेसिङ कार प्रयोग हुँदै आएका छन् । नेपालमा हुने रेसिङ भने फरक छ । यसमा विद्युतीय ‘एसयूभी’ गाडी प्रयोग हुन सक्नेछन् ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले भ्रमण वर्षको सन्दर्भमा हुने यो कार्यक्रमले गन्तव्य प्रवर्द्धनका साथै जलवायु परिवर्तनको जोखिम विश्वमै बढिरहेको सन्दर्भमा वातावरणसम्बन्धी सचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने धारणा राख्नुभयो । उहाँका अनुसार मुस्ताङमा हुने यो रेसिङमा विश्वका १२ टिम सहभागी हुनेछन् ।
अध्यक्ष अलेजेन्ड्रोले नेपालको भूगोल रेसिङका लागि उपयुक्त रहेको र साहसिक पर्यटन प्रवद्र्धनका निम्ति सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।