पाेखरा प्रिमियर लिग : पारस र साेमपालकाे टिम दाेस्राे जितकाे खाेजीमा

 पुष ३, २०७६ बिहीबार ९:२७:४ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – पोखरा प्रिमियर लिग (पीपीएल) मा बिहीबार एउटा मात्रै खेल हुने भएको छ । 

पोखरा मैदानमा बिहान साढे ११ बजे सुरु हुने खेलमा चितवन राइनोज र बुटवल बलास्टर्सले प्रतिस्पर्धा गर्दैछन् । 

चितवन पारस खड्कको कप्तानीमा छ भने बुटबल सोमपाल कामीको कप्तानीमा छ । दोस्रो संस्करणको पीपीएलमा दुवै टिमले एक–एक खेल जितेका छन् । 

बिहीबारको खेलमा दुवै टिम लगातार दोस्रो जित निकाल्दै तालिकाको शीर्ष स्थानमा उक्लने प्रयासमा हुने छन् । चितवनले पहिलो खेलमा पोखरा पल्टनलाई पराजित गरेको थियो । यस्तै बुटवलले सुपर ओभरमा काठमाण्डौ गोल्डेन्स वारियर्सलाई पराजित गरेको थियो ।   

चितवनको टिममा कप्तान पारस खड्कासहित आरिफ शेख, बाबर हायात, विक्रम भुषास, विक्रम सोब, रामनरेश गिरी, करण केसी, भुवन कार्की र सु्मित महर्जन छन् । यस्तै, रोहन मुस्तफा, अनिल साह, हरिशंकर साह, सोनु तामाङ र आकाश थापा रहेका छन् ।

बुटवलमा सोमपाल कामी, ललित भण्डारी, विपिन खत्री, अविनाश बोहोरा, हरि चौहान, हसिम अन्सारी, कमल खत्री, सिद्धान्त लोहनी, सेर मल्ल, पुरन विके, शंकर राना, संसाद शेख, रविन्द्र साही, भीम सार्की, शिवम सिंह, नितेश थापा र हर्ष टंक छन् ।

त्यस्तै बुधबार भएकाे दाेस्राे खेलमा विराटनगर टाइटन्सले पोखरा पल्टनलाई ४५ रनले हराएको थियाे ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया