जापानमा नेपाल फेस्टिवलको रौनक
मंसिर १५, २०८१ शनिबार
काठमाण्डौ – इटालियन सिरी ए अन्तर्गत बिहीबार राति भएको खेलमा युभेन्टसले साम्पादोरियाविरुद्ध २–१ को जित निकाल्दा सबैभन्दा धेरै चर्चा क्रिस्टियानो रोनाल्डोको भयो ।
खेल एक–एक गोलको बराबरीमा चलिरहेको अवस्थामा खेलको ४५ औँ मिनेटमा रोनाल्डोले हेडमार्फत् गोल गर्दै युभेन्टसलाई जित दिलाए । त्यो गोलले टिम त खुशी नै थियो तर विपक्षी टिमका खेलाडी, प्रशिक्षक भने आश्चार्यमा परे ।
कारण थियो रोनाल्डोले गरेको जम्प र होल्ड । कुनै सिनेमामा स्लोमोसनमा राखिएको सट जस्तो थियो, उनको त्यो हेडिङ । पेलेको जीवनीमा आधारित सिनेमा ‘इस्केप फर भिक्ट्री’ मा राखिएको अन्तिम सट जस्तै रोनाल्डो हावामा उडिरहेका थिए ।
कुनै सिनेमाको सट जस्तो देखिएको र बास्केटबलमा मात्र कहिले काहीँ देखिने यस्तै दृश्यले युभेन्टसका प्रशिक्षक माउरिसीयो सार्री नै अचम्ममा परेका थिए ।
रोनाल्डोले विपक्षीको डी बक्सभित्र २ दशमलव ५६ मिटर उचाइमा जम्प गरेर १ दशमलव ५ सेकेण्ड आफूलाई हावामा होल्ड गरेर हेडमार्फत गोल गरेका थिए । विपक्षी खेलाडीको टाउकोसम्म कम्मर पुर्याएका रोनाल्डोलाई रोक्न कसैले सकेनन् ।
खेलपछि युभेन्टसका प्रशिक्षक सार्रीले उनको यो गोलपछि आफ्नो मुखमा बोल्न नमिल्ने शब्द आएको थियो । कारण यदि अरु शब्द प्रयोग गरेमा त्यो गोलका लागि जायज नहुने बताए ।
चेल्सीका पूर्व प्रशिक्षक सार्रीले रोनाल्डोले केही दिन अगाडि आफ्नो घुँडामा समस्या रहेको बताएका थिए । सारीले भने, ‘ रोनाल्डोले एक महिनासम्म आफू जम्प गर्न नसक्ने बताएका थिए । तर जुन किसिमले उनले जम्प गरेर गोल गरे, त्यसले मलाई मात्र होइन मेरा सहकर्मीलाई खुशीका साथै अचम्ममा पारे ।’
रोनाल्डो यो गोलपछि आफू पूर्णरुपमा फिट भएको देखाएका छन् ।
यस्तै साम्पादोरियाका प्रशिक्षक क्लाउडियो रेनिरीले पनि उनको निकै प्रशंसा गरे । रोनाल्डोले जसरी गोल गरे, त्यो एनबीएमा मात्र देख्न पाइन्छ । उनी झण्डै २ सेकेण्ड हावामा रहे पनि मलाई साढे १ घण्टा नै बसेको जस्तो लाग्यो ।
‘रोनाल्डोले राम्रो गोल गरे, त्योभन्दा अरु केही भन्न सकिन्न । राम्रोलाई राम्रो भन्ने र अगाडि बढ्नुको विकल्प छैन’, उनले भने ।
रोनाल्डोको यो गोलको यतिबेला निकै चर्चा भैरहेको छ ।
हेर्नुस् राेनाल्डाेकाे गाेल
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।