सीमा क्षेत्रमा हुनसक्ने अपराध र भन्सार छली रोक्न पर्सा प्रहरीको ...
मंसिर १७, २०८१ सोमबार
काठमाण्डाै - नेपाल पुलिस क्लबलाई हराउँदै एपीएफ क्लब प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
भद्रकालीस्थित आर्मीको मुख्यालयमा भएको खेलमा एपीएफले पुसिललाई पाँच-दुई गोलले हरायो । निर्धारित ९० मिनेट दुई-दुई गोलको बराबरी भएको खेलको छिनोफानो अतिरिक्त समयमा भएको थियो ।
एपीएफको जितमा सावित्रा भण्डारीले ह्याट्रिक गरिन् । यस्तै रेखा पौडेल र अनिता बस्नेतले एक-एक गोल गरे । पुलिसका लागि निशा सुनार र घिमकुमारी गुरुङले एक एक गोल गरे ।
खेलकाे तेस्राे मिनेटमा सावित्राकाे गाेलमा एपीएफले अग्रता बनायाे । ४३ औं मिनेटमा पुलिसकी निशा सुनुवारले गाेल गर्दै खेल एक-एककाे अवस्थामा पुर्याइन् । तर पहिलाे हाफकाे इन्ज्युरी समयमा अनिता बस्नेतले गाेल गर्दै एपीएफले फेरि खेलमा अग्रता बनायाे ।
पहिलाे हाफ २-१ काे अवस्थामा रहेका बेला ८७औं मिनेटमा पुलिसकी कप्तान घिमकुमारी गुरुङले गाेल गरेपछि खेल २-२ काे बराबरीमा पुग्याे ।
निर्धारित ९० मिनेटमा खेलका नजिता नआएपछि थप समयमा धकेलिएकाे थियाे । जसमा १०७ औं मिनेटमा सावित्राले गाेल गर्दै एपीएफलाई ३-२ ले अगाडि राखिन् । दुई मिनेटपछि रेखाले गाेल गर्दै एपीएफलाई खेलमा ४-२ काे अग्रता दिलाइन् । ११५ औं मिनेटमा सावित्राले ह्याट्रिक पूरा गर्दा एपीएफले पाँच-दुईकाे जित निकाल्याे ।
दोस्रो सेमिफाइनलमा आज दिउँसो दुई बजे हुनेछ । जसमा आर्मी र भुटान खेल्नेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।