एनपीएलमा जनकपुर बाेल्ट्सको लगातार दोस्रो जीत, कर्णाली याक्सलाई...
मंसिर १७, २०८१ सोमबार
काठमाण्डौ – राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले भर्खरै नेपालमा सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा पदक जितेका खेलाडीलाई पुरस्कारको घोषणा गर्न सरकारसँग माग गरेको छ ।
सागमा टिम इभेन्टतर्फ रजत र कांस्य जितेका खेलाडीका लागि अहिलेसम्म सरकारले पुरस्कार घोषणा नगरेकाले सङ्घले आपत्ति जनाएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले गएको मंसिर २५ गते सागमा पदक विजेता खेलाडी तथा प्रशिक्षकका लागि विशेष प्याकेजको घोषणा गर्नुभएको थियो ।
व्यक्तिगत स्पर्धातर्फ स्वर्ण विजेता खेलाडीलाई नौ लाख, रजत विजेतालाई ६ लाख र कांस्य विजेतालाई तीन लाख रुपैयाँ दिने घोषणा गरिएको थियो ।
सरकारले टिम इभेन्ट्सतर्फ स्वर्ण जित्नेलाई पाँच लाख रुपैयाँ दिने घोषणा गरे पनि रजत र कांस्य पदक जित्नेका हकमा भने पुरस्कारको घोषणा गरेको छैन । १३औँ साग सकिएको दुई हप्ता पुगिसक्दा पनि त्यसबारे सरकारले निर्णय गरेको छैन ।
‘टिम इभेन्ट्सका पदक विजेताका लागि पुरस्कार तत्काल घोषणा गरी खेलाडीको मनोबल घट्न नदिन अनुरोध गर्छाैँ’, सङ्घका अध्यक्ष दीपक श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नेपाली खेलकुदमा विगतमा पनि सरकारबाट घोषणा भएका पुरस्कार पाउन खेलाडीले लामो समयसम्म प्रतिक्षा गर्नुपरेको स्मरण गराउँदै उहाँले यसपटक घोषित रकम तत्काल उपलब्ध गराउन अनुरोध गर्नुभएको छ ।
नेपालले १३औँ सागमा ५१ स्वर्ण, ६० रजत र ९५ कांस्यसहित कुल २०६ पदक जितेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।