पोखरा प्रिमियर लिग : विराटनगरलाई बुटवलकाे १३४ रनको लक्ष्य

 पुष ९, २०७६ बुधबार १३:४८:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की - पोखरा प्रिमियर लिग अन्तर्गत बुटवल ब्लास्टर्सले विराटनगर टाइटन्सलाई १ सय ३४ रनको लक्ष्य दिएको छ ।

पोखरा क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बुटवलले २० ओभरमा ७ विकेट गुमाउँदै १३३ रन बनायो । उसका तीन खेलाडीले मात्र दोहोरो अंक जोड्न सके ।

सुरुवात राम्रो गर्न नसके पनि उसका हर्ष टोंकले उत्कृष्ट ब्याटिङ गरे । टिमको खातामा शून्य रन हुँदा पहिलो विकेट गुमाएको बुटवलले ३२ रनमा दोस्रो विकेट खेर फाल्यो । त्यसपछि ४७ रनमा तेस्रो विकेट गुमाएको बुटवलले ९१ रनमा चौथो र एक सय १५ रन बनाउँदा पाँचौँ विकेट गुमायो । त्यसपछि एक सय २६ रन हुँदा बुटवलले सात विकेट गुमायो ।

शंकर रानाले २ रन बनाए भने भिम सार्की पाँच रनमा आउट भए । यस्तै आजको खेलमा कप्तानी गरेका  सिद्धान्त लोहनी ११ रनमा बाहिरिँदा हर्षले टाेंकले ६७ रनको पारी खेले । उनले ४४ बलमा ६ चौका र ५ छक्का प्रहार गरे ।

बलिङतर्फ किशोर महतोले दुई तथा मुहम्मद जेइद आलमले तीन विकेट लिए ।

अन्तिम अपडेट: मंसिर १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया