मकवानपुरका दुई ठाउँबाट कार र ट्रकमा निकासी गर्न लागिएको ५३ केजी गाँजासहित चार जना पक्राउ

 पुष १९, २०७६ शनिबार १३:४८:१६ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर-१५, रातोमाटेबाट प्रहरीले ५३ केजी गाँजासहित चार जनालाई पक्राउ गरेको छ ।

मकवानपुरबाट भारत तर्फ निकासी गर्न लागिएको गाँजा नियन्त्रणमा लिने क्रममा मकवानपुर प्रहरीले चार राउन्ड हवाइ फायर समेत गरेको छ । भारतीय कार र ट्रकमार्फत निकासी गर्न लागिएको गाँजासहित चार जनालाई पक्राउ गरेर मुद्धा चलाउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक यज्ञप्रसाद भटराईले जानकारी दिनुभयो ।

रातोमाटे र चुरियामाइबीचकाे जंगलमा चार राउन्ड हवाइ फायर गर्दै प्रहरीले डीएल ३ सीएक्यु ४१७२ नम्बरको कारलाई नियन्त्रणमा लिएको हो । ३२ केजी गाँजासहित भारत मोतिहारी चम्पारण कुडुवा चैनपुर बारवा बस्ने ३७ वर्षीय दिलीपकुमार सिंह, मोतीहारी रघुनाथपुर बस्ने १८ वर्षीय उज्वलकुमार ठाकुर र रौतहट यमुनामाइ गाउँपालिका वडा नम्बर ४ बस्ने २४ वर्षीय विकाश सिंहलाई प्रहरीले पक्राउ गरेको हो ।

यसैगरी रातोमाटेबाट नै बुधबार राति २१ केजी गाँजासहित अर्का एक जना पक्राउ परेका छन् । मनहरीबाट विरगन्जतर्फ जाँदै गरेको ना ५ ख ७२६८ नम्बरको ट्रकमा राखेर निकासी गर्न लागिएको गाँजासहित चालक राक्सीराङ गाउँपालिका वडा नम्बर-५ बस्ने ३५ वर्षीय राजकुमार मोक्तानलाई प्रहरीले ट्रकसहित नियन्त्रणमा लिएको हो ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया