अख्तियारका अनुसन्धान अधिकृतलाई नै घुस दिन खोज्ने प्रशासकीय अध...
पुस २५, २०८१ बिहिबार
काठमाण्डाै – इंग्लिस क्लब लिभरपुलले क्लबको इतिहासमा नयाँ कीर्तिमान बनाएको छ ।
टोटनह्यामविरुद्धको खेलमा एक–शून्यको जित निकालेको लिभरपुलले क्लबको एक सय ३१ वर्षे इतिहासमा सबैभन्दा उत्कृष्ट सुरुवात गर्ने कीर्तिमान बनायो । जारी लिगमा २१ खेलमा २० मा जित निकालेको लिभरपुलले यो सिजनको उपाधि जित्दै लामो समयको पर्खाइको अन्त्य गर्ने लक्ष्य राखेकाे छ ।
युरोपियन च्याम्पियन क्लब लिभरपुलले टोटनह्यामविरुद्धको खेलमा जित निकाल्दा फेरमिन्होको एकमात्र गोल निर्णायक बन्यो । उनले खेलको ३७औँ मिनेटमा गोल गरेका थिए ।
मुख्य स्ट्राइकर हेरी केन बिना नै मैदानमा उत्रिएको टोटनह्याम लिभरपुलविरुद्ध 'कमब्याक' गर्न सकेन र पराजित भयो । यो जितसँगै लिभरपुलको २१ खेलमा ६१ अङ्क भएको छ । लिभरपुलकाे लक्ष्य लिगमा ३८ खेलमा एक सय चार अङ्कको रेकर्ड पार गर्ने रहेको छ ।
खेलपछि लिभरपुलका प्रशिक्षक जुर्गेन क्लोपले कीर्तिमान आफ्ना लागि कुनै महत्वपूर्ण नभएको प्रतिक्रिया दिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।