अमेरिकी कर वृद्धिलाई लिएर विश्व व्यापार सङ्गठनमा चीनको विरोध
फागुन ७, २०८१ बुधबार
यूएई - नेपालमा शहरी फोहोरबाट आधुनिक उर्जा उत्पादनका लागि यूएईले १ करोड अमेरकी डलर (करिब १ अर्ब १३ करोड) रुपैयाँ सहुलियतपूर्ण कर्जा दिने भएको छ । अबुधावीमा जारी विश्व नवीकरणीय उर्जा संघ (इरिना)को वार्षिक साधारण सभाको अवसरमा अबुधावी फण्ड फर डेभलपमेन्टले कर्जा दिने घोषणा गरेको हो ।
नेपाली टोलीको नेतृत्व गर्दै सभामा सहभागी उर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले यूएईले दिएकाे सहुलियत कर्जा स्वीकार गर्नुभयो । साधारणसभाको विशेष समारोहमा मन्त्री पुनले सहुलियत कर्जा स्वीकार गर्दै नेपाललाई छनोट गरेकामा धन्यवाद दिनुभयो ।
मन्त्री पुनका अनुसार याे रकमबाट ६९ वटा नगरपालिकामा फोहोरबाट ठूला बायोग्यास आयोजना सञ्चालनका साथै प्रांगारिक मल उत्पादन गरिने र आधुनिक उर्जा उत्पादनमा लगानी गरिने बताउनु भयो ।
सम्मेलनमा विश्वका १ सय २० भन्दा धेरै देशहरुले आ-आफ्नो आयोजनाहरु प्रस्तुत गरेका थिए । प्रस्तुत गरिएका योजना मध्येबाट प्रतिस्पर्धा गरी उत्कृष्ट ८ देश छनौटमा परेका हुन । त्यो मध्ये नेपाललले प्रस्तुत गरेको आयोजनालाई १ अर्ब १३ करोड सहुलियत कर्जा प्राप्त भएको हो । केही औपचारिक प्रकृया पूरा गरेर कर्जा कार्यन्वयनमा लगिने यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले जानकारी दिनुभयो ।
सहयोगको घोषणा लगत्तै उज्यालोसँग टेलिफोनमा कुरा गर्दै मन्त्री पुनले नेपालका लागि यो सहयोग महत्वपूर्ण रहेको बताउनुभयाे । यस्तै उहाँले मध्यपूर्वका लगानीकर्तालाई नेपालको नवीकरणीय र अन्य पूर्वाधार निर्माण कार्यमा सहकार्यका लागि अनुरोध गरे अनुरुप पहिलो सफलता प्राप्त भएको पनि बताउनुभयो ।
प्राप्त सहुलीयत ऋण १ प्रतिशत ब्याजदरमा नेपालले प्रयोग गर्ने छ । सन् १९५५ बाट नेपालले बायोग्यासको क्षेत्रमा काम गर्दै आएको अनुभब रहेको र त्यो अनुभवलाई एसिया र अफ्रिकी देशलेसमेत प्रयोग गर्दै आएको मन्त्री पुनको भनाइ छ ।
यो सहयोगबाट नेपालका ६९ नगरपालिकामा फोहोरबाट उर्जा परियोजना कार्यान्वयन गरी उर्जा र प्रांगारिक मल उत्पादन गर्नुका साथै त्यस ठाउँमा रोजगारसमेत सिर्जना हुने विश्वास मन्त्री पुनको छ ।
सम्मेलनमा नेपालका तर्फबाट मन्त्री पुनको नेतृत्वमा प्रतिनिधिभसभा सदस्यहरु राधाकुमारी ज्ञवाली, राजबहादुर बुढा, भुमी त्रिपाठी, उर्जा मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवाल, वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुदन अधिकारी, यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल र मन्त्री पुनका स्वकीय सचिव दुर्गाप्रसाद चापागाई सहभागी हुनुहुन्छ ।
सम्मेलनमा मन्त्री पुनले दुई छुट्टाछुट्टै सत्रलाई सम्बोधन गर्नुभएको थियो भने बिभिन्न देशका प्रतिनिधिहरुसँग भेटघाट र छलफल गर्नुभएको नेपाली दूतावास अबुधाबीले जनाएको छ । शनिबार सुरु भई आइतबारसम्म चलेको सम्मेलनमा सहभागी हुन मन्त्री पुन बिहीवार यूएई आउनु भएको हो । मन्त्री पुन सोमबार नेपाल फर्किने कार्यतालिका छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ।