सुनको भाउ तोलामा एक हजार दुई सय रुपैयाँले बढ्यो
माघ ३, २०८१ बिहिबार
नुवाकोट – नुवाकोटमा माघे सङ्क्रान्तिका अवसरमा गोरु जुधाइने क्षेत्र फैलँदै गएको छ । यो वर्ष नुवाकाेटका विभिन्न ६ ठाउँमा गरी ५० हल गोरु जुधाइने तयारी भएको छ ।
गाउँमा विभिन्न ठाउँमा छरिएको गोरु जुधाइ परम्परालाई तारुकाले २०६२ सालबाट एकै थलोमा जुधाउन थालेपछि नुवाकोटमा गोरु जुधाइको रौनक छाएको छ । तारुकाले गरेको परम्पराको संरक्षणको सिको गर्दै आज माघे सङ्क्रान्तिका दिन नुवाकोटका ६ ठाउँमा गोरु जुधाइँदैछ ।
तारकेश्वर गाउँपालिकाको तारुका, विदुर नगरपालिकाको बेत्रावती, पञ्चकन्या गाउँपालिकाको घले भञ्ज्याङ, लिखु गाउँपालिकाको कट्टिछाप, तादी गाउँपालिकाको सातविसे र शिवपुरी गाउँपालिकाको शेराबगरमा गोरु जुधाइने भएको छ ।
तारुकामा २१ हल, बेत्रावतीमा ११ हल, घले भञ्ज्याङमा ८ हल, सातबिसेमा ४ हल, कट्टीछापमा २ हल र शेराबगरमा ४ हल गरी ५० हल गोरु जुधाउनको लागि स्थानीय मेला आयोजक समितिमा गोरु धनीहरुले गोरु दर्ता गराएको आयोजकहरुले जनाएका छन् ।
नेपालको राजनीतक खेल, दाउपेज र तिकडमलाई कतिपयले नुवाकोटको गोरु जुधाइसँग तुलना गर्ने गर्दछन् । नेताहरुलाई व्यङ्ग्य गरिने यहाँको गोरु जुधाइमा सधैँजसाे प्रमुख राजनीतिक हस्तीहरु नै प्रमुख अतिथि बनेर आउने गरेका छन् । यो वर्षको गोरु जुधाइमा पनि दुई राजनीतिक हस्ती नुवाकोट आउने भएका छन्–प्रमुख अतिथिको रुपमा ।
तारुकाकाे गोरु जुधाइको प्रमुख अतिथि बन्न नेपाली काङ्ग्रेसका महामन्त्री सशाङ्क कोइराला आउने हुनु भएको छ भने बेत्रावतीको गोरु जुधाइको प्रमुख अतिथिमा उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे आउनु हुनु भएको छ ।
यस्तै, घले भञ्ज्याङको गोरु जुधाइमा डा. रामशरण महत प्रमुख अतिथि रहनु हुने भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
नुवाकोटका पत्रकार नवदीप अजनबी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।