टाइगर कप भलिबल : पुरुषतर्फ गण्डकी र आर्मी विजयी
माघ १५, २०८१ मंगलबार
खोटाङ - उदयपुरको बंशिलाघाटमा भएको अटो दुर्घटनामा खोटाङको जन्तेढुंगा गाउँपालिका–१, देवीस्थान मैनटारका वडा सदस्य गणेश खड्काको ज्यान गएको छ ।
उदयपुरको चौदण्डीगढी नगरपालिका–१ चौदण्डीको बंशिलाघाटमा शुक्रबार भएको अटो दुर्घटनामा गम्भीर घाइते भएका वडा सदस्य खड्काको शनिबार उपचारका क्रममा मृत्यु भएको हो ।
उदयपुरको बेलटारबाट घर जाने क्रममा आफैँले चलाएको स १ ह ३२३७ नम्बरको अटो शुक्रबार सडकबाट करिब १५० मिटर तल खस्दा गम्भीर घाइते भएका र अटोमा एक्लै भएका कारण शनिबार बिहान मात्र उद्धार गरिएको थियो ।
इलाका प्रहरी कार्यालय बेलटारका प्रहरी निरीक्षक बुद्धीराम चौलागाईँका अनुसार दुर्घटनामा गम्भीर अवस्थामा फेला परेका वडा सदस्य खड्कालाई प्राथमिक स्वास्थ्य चौकी बेलटारमा प्राथमिक उपचार गरेपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको थियो । खड्कालाई अस्पतालले शनिबार दिउँसो मृत घोषणा गरेको हो ।
रातको समयमा दुर्घटना भएको र साथमा अन्य यात्रु नभएकाले ढिलो जानकारी पाएका कारण खड्काको उपचारमा ढिलाइ भएको प्रहरीले जनाएकाे छ । दुर्घटनाग्रस्त अटो पनि क्षतविक्षत अवस्थामा फेला परेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।