सन् २०२४ मा अमेरिकाकाे हतियार बिक्री २९ प्रतिशतले बढेर तीन ख...
माघ १२, २०८१ शनिबार
कास्की - अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङलाई ७ दिन थप गरेर अनुसन्धान गरिने भएको छ ।
गुरुङलाई थुनामा राखेर अनुसन्धान गर्न उच्च अदालतले आइतबार अनुमति दिएको हाे ।
लेकसाइडमा रहेकाे ॐ गौरा जोस्टेल होटलका सञ्चालक हरिभक्त आचार्यले गुरुङविरुद्ध बैंकिङ कसुर मुद्दामा उजुरी दर्ता गराउनुभएको थियो । उजुरीपछि गएकाे शुक्रबार गुरुङलाई प्रहरीले पक्राउ गरेकाे थियाे
गुरुङसँग आइतबार सरकारी वकिल कार्यालयमा बयान लिइएको थियो । बयानपछि उच्च अदालतले गुरुङमाथि अनुसन्धान गर्न प्रहरीलाई थप ७ दिनको म्याद उपलब्ध गराएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
कास्कीका उज्यालो सहकर्मी सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।