नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले युगान्डा भ्रमण गर्ने, १८ ...
फागुन ६, २०८१ मंगलबार
काठमाण्डौ – अर्थमन्त्री डा. युवराज खतिवडाले नागरिक लगानी कोषले नेपाल वायुसेवा निगमलाई दिएको कर्जाको जोखिम नरहेको बताउनु भएको छ ।
प्रतिनिधि सभाअन्तर्गत अर्थ समितिको बुधबार बसेकाे बैठकमा अर्थ मन्त्री खतिवडाले कोषले निगमको वाइडबडी खरिदमा गरेको लगानीको भुक्तानीको प्रक्रिया सुरु भइसकेकाले जोखिम कम हुँदै गएको बताउनु भएको हो ।
‘नागरिक लगानी कोष ऐन २०४७’ लाई संशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफलका क्रममा उहाँले निगमले समयमै ऋण तिरिसक्ने विश्वास व्यक्त गर्नुभयो ।
निगमको आन्तरिक व्यवस्थापनका कारण केही ढिला भए पनि समयमै भुक्तानी गर्ने उहाँले भन्नुभयाे । मन्त्री खतिवडाले लगानी कोषको प्राथमिकताअनुसार लगानीको सीमा तोकिएको र वायु सेवा निगमलाई सरकारले ग्यारेन्टी दिएपछि मात्रै कर्जा दिएको बताउनु भयो ।
बैठकमा विधेयकका विभिन्न दफामा संशोधन प्रस्ताव राख्नुभएका सांसद दिव्यमणि राजभण्डारीले नागरिक लगानी कोषले नेपाल वायुसेवा निगमको वाइडबडी खरिदमा गरेको लगानी डुब्न लागेकाले ऐनमार्फत त्यस प्रकारका लगानी गर्न नदिने व्यवस्था गर्नुपर्ने बताउनु भयो । उहाँले सरकार ग्यारेन्टी बसेको भए पनि निगमले कर्जा भुक्तानी गर्न नसकेकाले जोखिम बढेको बताउनु भयो ।
बैठकमा सांसद सुरेन्द्रप्रसाद पाण्डेले संसदबाट पास गरेर नेपाल वायुसेवा निगमलाई सरकारको ग्यारेन्टीमा लगानी कोषबाट कर्जा उपलब्ध गराएकाले निगमले भुक्तानी गर्न नसके पनि कोषलाई कुनै नोक्सानी नहुने बताउनु भयो । उहाँले निगमले कर्जा तिर्न नसके सरकारले तिर्नुपर्ने बताउनु भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।