एन्फा महिला लिगमा एपीएफले बाग्मती युथलाई ६ गोलले हरायो
माघ २, २०८१ बुधबार
माेरङ – मोरङको दुई छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा दुई जनाकाे ज्यान लगाएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।
सुन्दर हरैचा नगरपालिका १० जरुवामा प्रदेश नम्बर १–०२–००१ ख ८१०९ नम्बरको टिप्परले साइकल यात्रीलाई ठक्कर दिएको हो । टिप्परकाे ठक्करबाट घाइते भएका स्थानीय ४७ वर्षीय बाबुराम कार्कीकाे उपचारको क्रममा विराटनगरको कोशी अस्पतालमा ज्यान गएकाे इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
त्यस्तै उर्लाबारीमा स्कुल बसको ठक्करबाट तीन वर्षीया बालिकाको ज्यान गएको छ । उर्लाबारी नगरपालिका १ काे कान्छी चोकमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को १७ प ७९४ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको मधुमल्ला चिल्ड्रेन ऐकेडेमीको को १ ख ७५५६ नम्बरको बसले ठक्कर दिँदा बालिकाको ज्यान गएको हो ।
दुर्घटनामा माेटरसाइकल चालक मिक्लाजुङ गाउँपालिका ६ का २६ वर्षीय डेकेस विक, उहाँकी श्रीमती २० वर्षीया सिर्जना विक, सासु ४३ वर्षीया कल्पना ठटाल र तीन वर्षीया छोरी प्रतिक विक घाइते भएका थिए ।
घाईतेहरुको विराट नर्सिङ होममा उपचार भैरहँदा तीन वर्षीया बालिकाकाे उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।