नेपाललाई तेस्राे सफलता, करण केसीले लिए दुई विकेट

 माघ २२, २०७६ बुधबार १०:५२:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत ओमानविरुद्धको पहिलो खेलमा टस जितेर पहिले बलिङ गरिरहेकाे छ ।  

१७ ओभरकाे खेल सकिँदासम्म ओमानले तीन विकेट गुमाउँदै ४७ रन बनाएकाे छ । ओमानका लागि जेशान मकसुद र माेहम्मद नदीम क्रमशः १२ र पाँच रन बनाउँदै खेलिरहेका छन् । ओमानका जतिन्दर सिंह र खवार अली एकाेहाेराे अङ्कमै पेभेलियन फर्कँदा अकिब ल्लियास १६ रनमा रनआउट बन्न पुगे । 

बलिङतर्फ नेपालका लागि करण केसीले महत्पूर्ण दुई विकेट लिए । पाँच ओभर बलिङ गरेका करणले एक मेडन राख्दै १५ रन दिएका छन् ।

यो खेलबाट तीव्र गतिका बलर अभिनाश बोहरा र स्पिनर सुशन भारीले डेब्यू गरेका छन् । नेपाल र ओमानबीचको खेल केही बेरमा त्रिवि मैदानमा हुँदैछ । 

एकदिवसीय त्रिकोणात्मक सिरिजअन्तर्गत नेपाल, ओमान र अमेरिकाले खेल्न लागेका हुन् । आईसीसीबाट चार वर्षका लागि एकदिवसीय मान्यता पाएपछि नेपालले घरेलु मैदानमा पहिलो एकदिवसीय सिरिज खेल्दै छ ।

नेपालले यसअघि विदेशी भूमिमा ६ वटा एकदिवसीय क्रिकेट प्रतियोगिता खेले पनि नेपालमा भने खेलेको थिएन । एकदिवसीय मान्यता पाएपछि पहिलो सिरिज घरेलु मैदानमा हुन लागेको हो ।

आईसीसी विश्वकप लिग–२ मा नेपालको लक्ष्य पनि शीर्ष दुईमा रहेर अन्त्य गर्ने कप्तान ज्ञानेन्द्र मल्लले बताए ।

यस्ताे छ नेपालकाे प्लेइङ ११– ज्ञानेन्द्र मल्ल (कप्तान), पारस खड्का, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, अभिनास बोहरा, विनोद भण्डारी (विकेटकीपर), करण केसी, रोहितकुमार पौडेल, सुशन भारी, शरद भेषावकर र सन्दीप लामिछाने । 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया