विद्युतीय भुक्तानी गरे भ्याटको १० प्रतिशत रकम फिर्ता हुने नियम कार्यान्वयन

 माघ २८, २०७६ मंगलबार १३:६:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विद्युतीय भुक्तानी गरेमा मूल्य अभिवृद्धि कर (भ्याट) बापत तिरेको मध्ये १० प्रतिशत रकम फिर्ता पाइने भएको छ ।

विद्युतीय भुक्तानी अर्थात् डिजिटल पेमेण्ट गर्ने क्रम बढाउन सरकारले यस्तो निमय लागू गरेको हो । आन्तरिक राजश्व विभागमा भएको कार्यक्रममा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले भ्याट फिर्ता कार्यान्वनयको शुभारम्भ गर्नुभयो ।

अब एटीएम कार्ड, क्रेडिट कार्ड मास्टर कार्डका साथै मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्गमार्फत भुक्तानी गरे पनि भ्याट बापत तिरेको रकमको १० प्रतिशत रकम स्वचालित रुपमा बैंक खातामा फिर्ता आउनेछ ।

उपभोक्ताले कुनै सामान किने बापत नगद वा चेकको साटो कार्ड, इ बैंकिङ्ग वा इण्टरनेट बैंकिङ्ग वा ई सेवा, खल्ती, आइएमई पे, प्रभु पे, फोन पे, सेल पे लगायतबाट पैसा तिरेमा भ्याट बापतको रकमको १० प्रतिशत उपभोक्ताको खातामा फिर्ता आउनेछ ।

उदाहरणका लागि कुनै उपभोक्ताले यसरी भुक्तानी गर्दा एक हजार रुपैयाँ भ्याट तिरेको छ भने उपभोक्ताको खातामा १ सय रुपैयाँ फिर्ता आउनेछ । यसका लागि बिक्रेता, सेवा प्रदायक, विद्युतीय बीजकसम्बन्धी काम गर्ने कम्पनी लगायत विभागको सफ्टवेयरमा आवद्ध भइसकेका छन् ।

सुरुमा विद्युतीय कार्डमार्फत भुक्तानी गर्दा मात्रै भ्याटको १० प्रतिशत रकम फिर्ता हुने नियम भए पनि अहिले ई सेवा, खल्ती लगायतका भुक्तानी सेवा प्रदायकबाट पैसा तिर्दा पनि पैसा फिर्ता हुने आन्तरिक राजश्व विभागले जनाएको छ ।

सरकारले यस वर्षको बजेटमा विद्युतीय भुक्तानी गरेमा भ्याट बापत तिरेको रकम १० प्रतिशत रकम सम्बन्धित भुक्तानीकर्ताको खातामा जम्मा हुने व्यवस्था गरेको थियो । सरकारले पुस १५ गतेदेखि नै यो व्यवस्था लागू गर्ने बताए पनि कार्यविधि बनाउन ढिलाइ हुँदा कार्यान्वयन भएको थिएन । 

अन्तिम अपडेट: फागुन ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया