रवि लामिछाने हिरासतमा सुतेको फोटो सार्वजनिक गर्ने निकोलस भु...
पुस ८, २०८१ सोमबार
काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटी विजयी भएको छ । आफ्नो मैदान इतिहाद स्टेडियममा भएको खेलमा सिटीले वेस्टह्यामलाई दुई–शून्यले हरायो ।
खेलको ३०औँ मिनेटमा रोद्री हर्नाण्डेजले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । उनले केभिन डी ब्रुयनको पासमा गोल गरेका थिए । पहिलो हाफमा त्यही गोलको अग्रता कायम राखेको सिटीले दोस्रो हाफमा अग्रता दोब्बर बनायो ।
पहिलो गोलमा एसिस्ट गरेका डी ब्रुयनाले बर्नार्डो सिल्भाको पासमा गोल गरे ।
जितसँगै सिटीले ५४ अङ्क बनाएको छ । सिटीले तेस्रो स्थानमा रहेको लेस्टरसँगको दुरी चार अङ्क कायम गरेको छ । वेष्टह्याम भने २४ अंकसहित रेलिगेसन जोनमा छ ।
युरोपेली फुटबल महासङ्घ (यूईएफए) ले दुई वर्षका लागि युरोपेली प्रतियोगितामा प्रतबन्ध लगाए पनि सिटीले पहिलो खेल खेलेको हो । यद्यपि सिटीले यसको सम्बन्धमा खेलकुदसम्बन्धी अन्तर्राष्ट्रिय मुद्दा हेर्ने 'कोर्ट अफ् आर्बिट्रेशन फर् स्पोर्टस्' मा अपिल गर्ने बताइसकेको छ ।
मैदानमा खेल चलिरहँदा सिटीका समर्थकले युईएफएविरुद्ध नारा लगाएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।