अमेरिकी कर वृद्धिलाई लिएर विश्व व्यापार सङ्गठनमा चीनको विरोध
फागुन ७, २०८१ बुधबार
काठमाण्डौ - उत्तर कोरियाले विदेशी कूटनीतिज्ञसहित अरु देशबाट आएका नागरिकलाई क्वारेन्टाइनमा राखेको छ ।
देशभित्र अहिलेसम्म कोरोनाको संक्रमण नदेखिएपनि छिमेकी देश दक्षिण कोरियामा कोरोनाको संक्रमण बढ्दै गएपछि उत्तर कोरियाले झण्डै ३ सय ८० जना विदेशी नागरिकलाई छुट्टै ठाउँमा क्वारेण्टाइनमा राखेको बीबीसीले जनाएको छ ।
उनीहरुमध्ये धेरैजसो मानिस प्योङ्याङमा कार्यरत विदेशी कूटनीतिक नियोगका कर्मचारी रहेका छन् । झण्डै दुई सय जना विदेशी नागरिकलाई एक महिना अघिदेखि आफ्नो निवासमा सीमित पारिएको बीबीसीले जनाएको छ ।
दक्षिण कोरियामा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या सात पुगेको छ ।
७ सय ६३ जनामा संक्रमण पुष्टि भएको बीबीसीले जनाएको छ । सङ्क्रमण बढ्ने क्रम नरोकिएपछि दक्षिण कोरियामा उच्चतम तहको सतर्कता घोषणा गरेर कोरोनाभाइरस प्रकोप नियन्त्रणको प्रयास भैरहेको छ । सेनामा ११ जनालाई सङ्क्रमण भएको पाइएपछि ७ हजार ७ सय जना सैनिकलाई क्वारेन्टाइनमा राखेको छ ।
देगु क्षेत्रमा सबै उडानहरु बन्द गराएको छ । यसैबीच कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २४ सय ६६ पुगेको छ । कोरोनाको संक्रमण सुरु भएको चीनमा २४ सय ४५ र अरु देशमा २१ जनाको ज्यान गएको हो ।
कोरोना संक्रमितको संख्या झण्डै ८० हजार पुगेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।