उच्च पहाडी र हिमाली भेगका केही ठाउँमा हल्का हिमपातको सम्भावना
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – आर्सनल युरोपा लिगको अन्तिम ३२ बाटै बाहिरिएकाे छ । बिहीबार राति भएको दोस्रो लेगमा दुई–एक गोल अन्तरले पराजित भएसँगै आर्सनलकाे युरोपा लिगको यात्रा अन्त्य भएको हो ।
आर्सनल घरेलु मैदान इमिरेट्समा ओलम्पियाकाेससँग पराजित हुन पुग्यो । अतिरिक्त समयमा आर्सनल गोल खान पुगेको थियो । पहिलो लेगमा एक–शून्यले विजयी भएको आर्सनल दोस्रो लेगमा दुई–एक गाेल अन्तरले पराजित भएपछि समग्रमा नतिजा दुई–दुई गोलको बराबरीमा टुङ्गियाे । तर गोल अन्तरका आधारमा पछि पर्दै आर्सनल प्रतियोगिताबाट बाहिरिँदा ओलम्पियाकाेस भने अन्तिम १६ मा स्थान पक्का गर्न सफल भयो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियाे । खेलकाे ५३ औँ मिनेटमा ओलम्पियाकाेसका लागि पेप सिसेले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो लेगमा आर्सनलले एक–शून्यकाे जित निकालेकाे र अवे गोलका आधारमा पनि बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलियो ।
११३ औँ मिनेटमा कप्तान पिएर एमरिकले आर्सनलका लागि गोल गरे र दोस्रो लेगमा बराबरी तथा समग्रमा जितका सम्भावना दिलाएका थिए । तर फेरि ११९ औँ मिनेटमा एल अरबीले गोल गर्दै ओलम्पियाकाेसलाई समग्रमा बराबरी गराए । उनकै गोलका कारण ओलम्पियाकाेस प्रिक्र्वाटर फाइनल पुग्याे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।