एन्फा महिला लिगमा एपीएफले बाग्मती युथलाई ६ गोलले हरायो
माघ २, २०८१ बुधबार
रसुवा – रसुवाको टिमुरोमा गएको पहिरोमा परेर ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ । उहराका क्रममा पहिरोमा परि हराइरहेका ५ जना मध्ये एक जनाको शव भेटिएको रसुवाका डिएसपी सन्तोष तामाङले जानकारी दिनुभयो ।
उहाँका अनुसार ज्यान गुमाउनेमा चार जना सिन्धुपाल्चोक जिल्लाका र एक जना रसुवाका छन् । सिन्धुपाल्चेक भोटेकोशीका श्याम तामाङ, मंगले तामाङ, विक्रम नेवार र रमेश खड्काको ज्यान गएको हो । प्रहरीका अनुसार उनीहरु सबै जना ट्रक तथा भ्यान चालक हुन् । पहिरोले पुरेको होटलमा उनीहरु राति बास बसेका थिए । यस्तै पहिरोले पुरेको अवस्थामा रसुवा गोसाईंकुण्ड गाउँपालिका १ का मिङमार तामाङको शव भेटिएको डीएसपी सन्तोष तामाङले बताउनुभयो ।
पहिरोमा हराइरहेका अरु ४ जनाको खोजी भइरहेको छ । गए राति गएको पहिरोले पक्की घर, होटल तथा प्रहरीको चेकपोस्ट बगाएको छ । पहिरोमा परेर घाइते भएका सात जना सामान्य उपचार पछि घर फर्किएका छन् भने ५ जना स्वास्थ्यकर्मीको निगरानीमा छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
पौडेल प्रकाश
July 26, 2018, 12:27 p.m.नेपाल मा मान्छे नमरेको दिन छैन