वायु सेवा निगममा देखिएका समस्या र सुधारका उपाय अध्ययन गर्न उ...
पुस २५, २०८१ बिहिबार
काठमाण्डौ - नर्भिक अस्पतालमा कोरोना भाइरस सङ्क्रमित बिरामी भेटिएको भन्दै फेसबुक म्यासेन्जरमार्फत अफवाह फैलाएकाे अभियाेगमा एक युवक पक्राउ परेका छन् ।
रामेछाप घर भइ भक्तपुर, सिपाडोल बस्दै आएका २० वर्षीय विजय थापा मगर पक्राउ परेकाे प्रहरी प्रवक्ता डीआइजी शैलेश थापा क्षेत्रीले जानकारी दिनुभयाे ।
उनले काठमाण्डौका नर्भिक र टेकु अस्पताललगायत अन्य अस्पतालमा कोरोनाका बिरामीकाे उपचार भइरहेको र बिरामीकाे ज्यान नै गएको भन्दै अफवाह फैलाएका थिए ।
अस्पताल प्रशासनले भने आफ्नो अस्पतालमा कारोना सङ्क्रमणकाे कुनै बिरामीको उपचार नभएको विज्ञप्तिमार्फत जानकारी गराइसकेको छ । प्रहरीले गलत हल्लाकाे पछि नलागेर सरकारको आधिकारिक सूचना र जानकारीमा विश्वास गर्न पनि आग्रह गरेको छ ।
मुलुकी अपराध संहिताअनुसार अफवाह फैल्याउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुन सक्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।