नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले युगान्डा भ्रमण गर्ने, १८ ...
फागुन ६, २०८१ मंगलबार
काठमाण्डौ - दैनिक उपभोग्य वस्तुको आवश्यक मौज्दात रहेकाले नआत्तिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उपभोक्तालाई आग्रह गरेको छ ।
मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला केसीका अनुसार सबैभन्दा धेरै नुन १० महिनाका लागि पुग्ने गरी मौज्दात रहेको छ । १ लाख ५९ हजार मेट्रिक टन नुन मौज्दात रहेकोले अबको १० महिनासम्म नुनको अभाव नहुने सहायक प्रवक्ता केसीको भनाइ छ ।
१० महिनासम्मका लागि मौज्दात रहेकोले अहिले नुनको आयात भएको छैन । यस्तै चामल ३ महिनाको माग धान्ने गरी मौज्दात राखिएको छ ।
हरेक दिन १५ मेट्रिक टन खपत भैरहेको र मौज्दात २५ हजार ७ सय १८ मेट्रिक टन रहेकोले ३ महिनाका लागि कुनै समस्या नरहेको मन्त्रालयलेले जनाएको छ ।
मन्त्रालयका अनुसार चिनीको मौज्दात ७ हजार ५ सय मेट्रिक टन र आपूर्ति २५ सय मेट्रिक टनको दरले भैरहेको छ ।
यसैबीच, पेट्रोलियम पदार्थको आपूर्तिमा कुनै समस्या नरहेकोले बजारमा अभाव नहुने मन्त्रालयले दाबी गरेको छ ।
अहिले डिजेलको मौज्दात ५ हजार ९ सय ४७ किलो लिटर रहेकोमा दैनिक आपूर्ति २ हजार ७ सय ५२ किलोलिटर र खपत २ हजार ७ सय २१ किलोलिटर भइरहेको छ ।
यस्तै पेट्रोलको मौज्दात ३४ हजार १ सय ७४ किलोलिटर रहेकोमा ५ हजार ३ सय ८० किलोलिटर आपूर्ति र ८ हजार ६ सय ३७ किलोलिटर खपत भइरहेको छ ।
मट्टीतेल २ हजार ६ सय ८३ किलोलिटर मौज्दात रहेकोमा १ सय ४० किलोलिटर आपूर्ति र १ सय ४४ किलोलिटर खपत भइरहेकोछ ।
हवाई इन्धन ७ हजार १ सय ७६ किलोलिटर मौज्दात रहेकोमा २ सय ७६ किलोलिटर आपूर्ति र २२६ किलोलिटर खपत भइरहेको छ ।
एलपी ग्यास पनि नियमित आपूर्ति भैरहेकोले समस्या नरहेको मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म मार्च महिनाको ५० हजार मेट्रिक टन कोटामा ३१ हजार ९ सय ४४ मेट्रिक टन आपूर्ति भएर बिक्री भइसकेको छ ।
हरेक दिन ७ सय २० मेट्रिक टन ग्यास आपूर्ति भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Gagan Adhikari sharma
March 24, 2020, 6:20 p.m.I am not agreed with this because I am the one who is suffuring from lack of lpg cooking gas in market as government said lpg gas will be available during lock down so we have not stocked extra so now the dealer says gas is not avaluable..we are stucked please I need helpline number for complaints Thanks and warm regards