नयाँ स्टक एक्सचेन्जको विषय अगाडि बढाउँछु : धिताेपत्र बाेर्डका ...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डौ – 'लकडाउन' को समयमा पनि बैंकका एटीएम नियमित खुलिरहेका छन् । नेपाल बैंकर्स सङ्घले सबै बैंकका एटीएम चलेको र नियमित रुपमा पैसा राख्ने काम भइरहेको जनाएको छ ।
अहिले बैंक तथा वित्तीय संस्थामा तीन हजार ६ सय ६२ वटा एटीएम सञ्चालनमा छन् । तर एटीएम बुथ नभएका बैंकका शाखाहरु सीमित समयको लागि मात्रै खुल्ने भएका छन । यसको लागि पनि सम्बन्धित ठाउँको प्रशासनसँग अनुमति लिनुपर्नेछ ।
बैंकर्स सङ्घले आफ्ना सदस्य बैंकहरुलाई एटीएम नभएका शाखा हरेक दिन ११ बजेदेखि १ बजेसम्म खोल्न निर्देशन दिएको छ । तर लकडाउनको बेला बाहिर निस्कन नपाइने भएकाले सकभर डिजिटल बैंकिङको प्रयोग बढाउन पनि सङ्घले आग्रह गरेको छ ।
बैंकमा जाँदा कोरोनाका जोखिम हुने भएकाले राष्ट्र्र बैंकले विद्युतीय कारोबार र मोबाइल बैंकिङको कारोबार सीमा बढाएको छ । नोटमार्फत कारोबार गर्दा सङ्क्रमणको जोखिम बढेपछि नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानीको सीमा बढाएको छ । राष्ट्र बैंकको निर्देशन अनुसार मोबाइल बैंकिङ वा कोडमार्फत भुक्तानी गर्दा एक दिनको सीमा एक लाख र महिनाको सीमा १० लाख रुपैयाँ पुर्याइएको छ ।
यस्तै इन्टरनेट बैंकिङमार्फत अकाउन्टमा पैसा ट्रान्सफर गर्दा एक दिनमा १० लाख र एक महिनामा ५० लाख रुपैयाँसम्म भुक्तानी गर्न पाइने भएको छ । एउटा वालेटबाट अर्को वालेटमा पनि एक पटकमा २५ हजार, एक दिनमा एक लाख र एक महिनामा पाँच लाख रुपैयाँ पठाउन सकिनेछ ।
यस्तै बैंक खाताबाट वालेटमा पैसा पठाउँदा एक पटकमा २५ हजार, एक दिनमा एक लाख र एक महिनामा पाँच लाख रुपैयाँसम्म पठाउन सकिनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।