कोरोना प्रभावित व्यवसायीको सावाँ र ब्याज असुली स्थगित, देशमै उत्पादन बढाउन थप प्रोत्साहन

 चैत १३, २०७६ बिहीबार ११:१७:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

काठमाण्डौ – सरकारले कोरोना भाइरस (कोभिड १९) बाट प्रभावित व्यवसायीको ऋणको सावाँ र ब्याज असुल नगर्न निर्देशन दिएको छ ।

अर्थ मन्त्री प्रमुख रहने उच्चस्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समन्वय समितिको बैठकले कोरोनाको कारण असर परेका व्यापार व्यवसायको पहिचान गरी चैत महिनाभर सावाँ र ब्याज असुल नगर्न निर्देशन दिएको हो ।

अब राष्ट्र बैंकले निर्देशन प्रकाशित गरेपछि यो नियम कार्यान्वयनमा आउनेछ । यस्तै वित्तीय संस्थाबाट प्रवाह भएको कर्जाको वर्गीकरण तथा व्यवस्था गर्ने काम पनि तत्कालको लागि स्थगित भएको छ ।

यस्तै कारोनाको कारण उपभोग्य वस्तुको अभाव हुन नदिन देशमै उत्पादन बढाउन प्रोत्साहन गर्ने र उत्पादनमा लाग्ने मझौला तथा साना व्यवसायलाई दिइने सहुलियत ऋण अझै प्रभावकारी बनाउन पनि अर्थ मन्त्रालयले निर्देशन दिएको छ । त्यसको लागि सरकारले ब्याज र बीमा प्रिमियम भुक्तानीको लागि आवश्यक रकम अर्थ मन्त्रालयले सुनिश्चित गर्ने भएको छ ।

अन्तिम अपडेट: फागुन १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया