नयाँ स्टक एक्सचेन्जको विषय अगाडि बढाउँछु : धिताेपत्र बाेर्डका ...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डौ - ‘आईएमई पे’ ले मोबाइल वालेट एप ‘आईएमई पे’ मार्फत ‘चार गुणा सशक्त’ नामको नयाँ योजना ल्याएको छ ।
वालेटको ब्यालेन्सको योजनाअनुसार आईएमई पे सुपर वालेट प्रयोग गर्ने सेवाग्राहीले वालेटको ब्यालेन्समा त्रैमासिक रुपमा भुक्तानी हुने गरी ४ प्रतिशत ब्याज पाउने भएका छन् ।
आईएमई पेले बैंकबाट वा बैंकमा रकम ट्रान्सफर गर्दा कुनै शुल्क नलाग्ने अफर ल्याएको छ । आईएमई पे वालेट प्रयोग गरिराखेका सेवाग्राहीहरुले यो सुविधाका लागि सुपरवालेटमा अपग्रेड गर्न एपबाट नै आवेदन दिन सक्ने छन् ।
यस्तै आईएमई पेले टप–अप अर्थात मोबाइल रिचार्ज गर्दा ५ प्रतिशत क्यासब्याकको सुविधा दिने भएको छ । आईएमई पे वालेट प्रयोग गरी नेपाल टेलिकम, एनसेल वा स्मार्ट सेलमा रिचार्ज गर्दा टेलिकम कम्पनीले दिने सुविधाका अतिरिक्त आईएमई पेले थप ५ प्रतिशत क्यासब्याक प्रदान गर्ने भएको छ ।
५०० रिवार्ड पोइन्टस्को सुविधा अनुसार कुनै पनि आईएमई पे वालेट प्रयोगकर्ताले अरु कसैलाई आईएमई पे वालेट डाउनलोड़ गर्न आमन्त्रण गर्दा ५०० रिवार्ड पोइन्ट दुवै जनाले पाउने छन् ।
सजिलो, भरपर्दो र छरितो क्यास आउटको सुविधा अन्तर्गत डिजिटल भुक्तानी र मनी ट्रान्सफर गरी सेवाग्राहीले अत्यावश्यक वित्तीय आवश्यकता पुरा गर्न सक्ने छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।